१८ बैशाख २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र २४, २०७८

गोरखा – बारपाकमा केन्द्रीय प्रसारण लाइन विस्तार भएसँगै २०७७ मंसिर २९ मा पोलमा बल्ब राखेर विद्युत् सेवा उद्घाटन भयो । भूकम्पले क्षतविक्षत भएको अवस्थाबाट बौरिँदै गरेको बारपाकमा बिजुली पुगेपछि स्थानीय उत्साहित थिए । तर, सेवा उद्घाटन भएको झन्डै डेढ वर्ष भइसक्दा स्थानीयले उपयोग अझै गर्न पाएका छैनन् ।

उज्यालोका लागि स्थानीयलाई लघु जलविद्युत्को भर छ । सुक्खा मौसम सुरु भएसँगै लघु जलविद्युत्बाट बिजुली उत्पादन घटेपछि यतिखेर बारपाकमा आन्तरिक लोडसेडिङ सुरु भएको स्थानीय सुकराज गुरुङले बताए । विद्युत् प्राधिकरण गोरखा वितरण केन्द्रको बेवास्ताले केन्द्रीय प्रसारण लाइनको बिजुली बाल्न नपाएको भन्दै स्थानीय आक्रोशित छन् । ‘पोल, तार टाँगिसक्यो, उद्घाटन पनि भइसकेपछि बिजुली बल्छ होला भन्ने सोच्यौं, अहिलेसम्म बल्ने सुरसार देखिएन,’ गुरुङले भने ।

बारपाकका पाँच सय घरले ‘मिटर’ को माग गरे पनि प्राधिकरणले नपठाएको उनले गुनासो गरे । घरमा विद्युत् जडान गर्नै बाँकी छ । संघीय सरकारको ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत ३ करोड खर्चेर बारपाकमा बिजुली विस्तार भएको हो । बाक्लो जनघनत्व भएको बस्ती भएकाले विद्युत् विस्तारपछि रोयल्टी बढ्ने भन्दै प्राधिकरणले बारपाकमा विद्युत् विस्तारलाई प्राथमिकतामा राखेको थियो ।

बालुवाबाट राङरुङ, मान्द्रे हुँदै बारपाकमा बिजुली पुर्‍याउन मुख्य लाइनमा २ सय ५५ वटा पोलको प्रयोग भएको छ । बालुवाबाट करिब १० किलोमिटर तार टाँगेर विद्युतीय लाइन बारपाक पुर्‍याइएको छ । तर प्राधिकरणका अनुसार बारपाकसम्म बिजुली पुर्‍याउन बालुवा र राङरुङीचमा टाँगेको तार र करिब ८ वटा पोल गत वर्षायाममा बगाएको छ । बर्खाले बगाएको पोल ९ महिना बित्दासम्म मर्मत भएको छैन ।

‘केन्द्रीय प्रसारण लाइन हामीलाई जिस्काउन ल्याएजस्तो भएको छ, तार टाँगे पनि बिजुली आइपुगेन,’ बारपाकका दिलीप गुरुङले भने, ‘बालुवा र राङरुङीचका कुनै पोल ढलेका छन्, केही पोल तारमा झुन्डिएर बसेको छ ।’ स्थानीय लघु जललिद्युत्बाट उत्पादित बिजुली पर्याप्त नभएपछि आपूर्तिमा कटौती गर्न सुरु गरिएको उनले बताए । १ सय ३५ किलोवाट क्षमताको घट्टेखोलाबाट उत्पादित बिजुली बारपाक ग्रामीण विद्युतीकरण प्रालिले २०६२ बाट वितरण गर्दै आएको छ ।

‘अहिले ८०–९० किलोवाट बिजुली उत्पादन हुन्छ,’ प्रालिका म्यानेजरसमेत रहेका दिलीपले भने, ‘घरहरू पनि थपिँदै गए, सुक्खा सिजनमा उत्पादन घट्दा लोडसेडिङ गर्नुपरेको हो ।’ बारपाकमा दुई वडा छन् । केही दिनयता दुवै वडामा आलोपालो दैनिक चार घण्टा लोडसेडिङ गरिएको उनले बताए ।

मिटर वितरण गरेर बारपाकमा बिजुली बाल्ने तयारी भइरहेको प्राधिकरण गोरखा वितरण केन्द्रका प्रमुख नेत्रमणि न्यौपाने बताउँछन् । ‘बारपाकमा केवल राख्ने काम बाँकी नै छ,’ उनले भने, ‘फेरि अहिलेसम्म एक जनाले पनि मिटर लानुभएको छैन, मिटर लगेर बत्ती बाल्न सुरु गरेको भए मर्मत र बाँकी काम पूरा गर्न दबाब पर्थ्यो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]