०२ आश्विन २०८१, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, मंसिर २१, २०७७

सप्तरी -‘दि भ्वाइस अफ नेपाल सिजन–३’ को डिजिटल अडिसन सुरु भएको छ । नेपालको नम्बर एक गायन रियालिटी शोको रुपमा स्थापित भइसकेको ‘दि भ्वाइस अफ नेपाल’ हिमालय टेलिभिजनले उत्पादन र प्रसारण गर्दै आएको छ । नेपाली टेलिभिजन रियालिटी शोका सवैजसो रेकर्ड तोड्दै ‘दि भ्वाइस अफ नेपाल–२’ले करोडौं नेपालीको मन जितेको थियो ।

यो शोको तेस्रो सिजनका लागि शनिवारबाट डिजिटल अडिसन सुरु गरिएको हो । १६ बर्ष उमेर पुगेका यूवायूवतीदेखि ४५ बर्षसम्मका प्रतिभाहरुले यो रियालिटी शोमा भाग लिन पाउनेछन् । डिजिटल अडिसनमार्फत् आफ्नो गीतको भिडियो रेकर्ड पठाई आवेदन दिन सकिनेछ ।अडिसनमा नेपाली नागरिकमात्र नभई नेपाली भाषामा गीत गाउन सक्ने नेपाली मूलका बिदेशी वा बिदेशी नागरिक पनि सहभागी हुन सक्नेछन् । यस्ता प्रतिभाहरु अडिसन दिन वा कार्यक्रममा सहभागीता जनाउनका लागि काठमाण्डौमा भौतिकरुपमै उपस्थित भने हुनुपर्नेछ ।

कसरी सहभागी हुने ?
‘दि भ्वाइस अफ नेपाल सिजन ३’ को डिजिटल अडिसनमा सहभागी हुन ‘दि भ्वाइस अफ नेपाल’को अफिसियल एप डाउनलोड गरी फारम भर्नुपर्छ । फारम भरेपछि मोबाइलमार्फत् नै गीत रेकर्ड गरी पठाउनुपर्ने छ । आफ्नो रेकर्ड पठाएपछि अडिसनमा सहभागीताको प्रमाणस्वरुप आबेदनकर्ताले एउटा कोड प्राप्त गर्नेछन् ।तर, मोबाइल एपमार्फत् अडिसन दिन असमर्थ भएको खण्डमा बिभिन्न सामाजिक सञ्जालमा रहेका ‘दि भ्वाइस अफ नेपाल’का पेजमार्फत् पनि अडिसनमा सहभागी हुन सकिने छ । प्रयोगकर्ताले फेसबुकमा रहेको ‘दि भ्वाइस अफ नेपाल’को पेजमा गई म्यासेन्जरमा समेत भिडियो पठाउन सक्नेछन् ।कुनैपनि डिजिटल माध्यममा पहुँच नहुने प्रतिभाहरु पनि यो अडिसनबाट बञ्चित हुनुपर्ने छैन । इन्टरनेटको पहुँच नभएका प्रयोगकर्ताले ‘दि भ्वाइस अफ नेपाल’को उत्पादन टीमको फोन नम्बर ९८४१–५३४४२८ मा फोन गरेर पनि अडिसनका लागि समन्वय गर्न सक्नेछन् । आवेदकहरुले सोही नम्बरको भाइवर वा ह्वाट्सएपमा पनि भिडियो रेकर्ड गरी पठाएर अडिसनमा सहभागी हुन सक्नेछन् ।

सिजन २ मा आफ्नो टीमका राम लिम्बुलाई उपाधि दिलाउन सफल टीम प्रमोदका कोच तथा गायक प्रमोद आचार्यले सिजन ३ को उपाधिका लागि दावेदारीसहित अडिसनमा आउन नवप्रतिभाहरुलाई आह्वान गरेका छन् ।यस्तै सिजन २ देखि भ्वाइसमा आबद्ध भएका कोच राजु लामाले पनि सिजन ३ मा नयाँनयाँ प्रतिभासँग काम गर्न आफु निकै उत्साहित रहेको बताए ।

‘दि भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलका अनुसार डिजिटल अडिसनमार्फत् सहभागी भएका प्रतिभाहरुको क्षमता परीक्षणपछि १ सय जना प्रतिभाहरुलाई ब्लाइन्ड अडिसनमा सहभागी गराइने छ । ब्लाइन्ड अडिसनमा कोचको कुर्सी घुमाउन सफल प्रतिभाहरुको सांगीतिक यात्रा त्यही विन्दुबाट सुरु हुनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]