१८ बैशाख २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र २४, २०७८

धादिङ – धादिङको राजमार्ग क्षेत्रका होटलहरुबाट २५ किलो गाँजा बरामद् गरेको छ । गजुरी गाउँपालिका पर्ने पृथ्वीराजमार्ग छेउछाउका चिया नास्ता पसल तथा होटलहरुबाट गाँजा सहित पाँचजनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएका छ ।

इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायव उपरीक्षक भावेश रिमालका अनुसार प्रहरीले गनुरी गाउँपालिका वडा नम्बर २ को बिहानी पम्पमा रहेको जयराम स्टाफ होटल, फुर्केखोलामा रहेको हिरा होटल एण्ड लज, आयुष होटल र ठकुरी होटलका साथै बेनिघाट रोराङ– ३ को करम खोलामा रहेको खिलनाथ त्रिपाठीको होटलमा छापा मारी २५ किलो गाँजा बरामद गरिएको हो ।

होटल तथा चिया पसलहरुमा खुलेआम गाँजा बिक्री भइरहेको सूचनाको आधारमा खानतलासी गर्दा गाँजा भेटिएको हो । गाँजा बेच्ने होटल संचालकहरुलाई पक्राउ गरी धादिङ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको रिमालले बताए ।

प्रहरीले अनुसन्धानका लागि जयराम स्टाफ होटलकी संचालिका सानी अधिकारी, आयुष होटलको संचालक ४३ होतराज सेढाई, राजकुमार हिरा होटल एण्ड लजका संचालिका हिरामाया लम्साल, ठकुरी होटलको संचालक वेदकुमार शाहीलाई पक्राउ गरेको छ ।

त्यस्तै बेनीघाट रोराङ– ३ करम खोलामा होटलको संचालक ५५ वर्षका खिलनाथ त्रिपाठी पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]