१८ बैशाख २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र २४, २०७८

एजेन्सी – अमेरिकी रक्षा विभागका अनुसार युक्रेनको किएभ र चर्निहिभ क्षेत्रबाट रुसले सेना फिर्ता बोलाएको छ। किएभ र चेर्निहिभका रुसी सेनाहरू बेलारुस र रुसमा पुन: सुदृढीकरणका लागि फिर्ता भएको पेन्टागनका एक अधिकारीले बुधबार पत्रकारहरूलाई बताए।

पेन्टागनका प्रवक्ता जन कर्बीका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो लक्ष्यमध्ये एउटा पनि पूरा गर्न सकेका छैनन्। ‘उनी केवल सानो जनसङ्ख्या भएको क्षेत्र मात्र कब्जा गर्न लागेका छन्। उनीहरूले खार्किभ कब्जा गरेका छैनन’, उनले भने।

रुसले पनि हालै मात्र युक्रेनको पूर्वी डोनबास क्षेत्रमा केन्द्रित हुने बताएको छ। यता पेन्टागनकै एक वरिष्ठ अधिकारीले भने भविष्यमा रुसी सेना पुनः किएभ आउनसक्ने बताएका छन्।

स्टडी अफ वार थिङ्क ट्याङ्कका अनुसार किएभबाट फिर्ता भइरहेको रुसी सेनाले तत्काल युद्ध लड्नसक्ने अवस्था रहेको छैन। सो संस्थाका अनुसार युक्रेन पठाइएका १३० रुसी बटालियनमध्ये ८० वटा अझै युक्रेनमै छ।

अमेरिकी रक्षा अधिकारीलाई उद्धृत गर्दै एपीले फिर्ता भइरहेका रुसी सेनाहरू कम्तीमा २४ हजारको सङ्ख्यामा रहेको जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]