१८ बैशाख २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, चैत्र २३, २०७८

पोखरा – मंगलबार आफ्नै मन्त्रालयका कर्मचारीलाई हातपात गरेको आरोप लागेका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले आफूले कुटपिट नगरेको दाबी गरेका छन् । उनले आफूले सम्झाएको मात्रै बताए ।

उनीमाथि मंगलबार आफ्नै मन्त्रालयका युवा शाखा प्रमुख प्रकाश ओझामाथि हातपात गरेको आरोप लागेको छ ।

उनले आफूमाथि कुटपिटको झुटो आरोप लागेको भन्दै छानबिनका लागि आयोग नै गठन गर्ने बताएका छन् ।

बाह्रखरीसँगको फोनसम्पर्कमा आएका मनाङेको प्रतिक्रिया जस्ताको त्यस्तै :
अब त्यसलाई खाली हिजो सम्झाएको थिएँ । त्यसले पिट्यो भनेर बदमासी गरेछ रे ! अब चाहिँ म एक्सनमा जानुपर्ने हुन्छ । त्यसले स्वरोजगारको पैसाहरू हुन्छ नि स्वरोजगारमा पर्नेहरूलाई नपारेर चाहिँ बाहिरबाहिर पैसाको डिलिङ गरेको रहेछ के त्यसले ।

मैले त्यो सूचना पाएपछि हिजो त्यसलाई बोलाएर सम्झाएको हो । जे पायो त्यो कार्यविधि बनाउने, म नभएको बेलामा विज्ञ भनेर कोकोलाई बोलाउने । पर्ने मान्छेलाई नपारेर नपर्ने मान्छेलाई पारिदिएछ भनेर राम्रैसँग सम्झाएको हुँ । यो बाटो चाहिँ जान नहुने हो त्यो, अब त्यसले दु:ख पाउँछ, जेल जान्छ ।

हस्पिटल चाहिँ लुक्न गएको हो । त्यो बदमास हो, भोलि अनुसन्धान हुन्छ भनेर लुक्न गएको हो ।

मैले यस्ता बदमासलाई पिट्न छाडिसकेँ, पहिला एउटा यस्तै बदमासलाई पिटिसक्या हुँ । यस्ता खालका बदमासहरूको अनुहार पनि हेर्न चाहन्न के म । मैले यसलाई यसअगाडि पनि छाडेको हुँ । पहिला पनि यस्तो ठुलो मिस्टेक गरेको रहेछ ।

तीन करोड २४ लाख रुपैयाँ कर्मचारीको सोसल वर्कको तलब रहेछ वर्षको । यसले के गरेको रहेछ भने ३४ करोड लेखेर मरेछ ।

मन्त्रिपरिषद्मा त्यो फाइल नहेरेको भए हामी सबै फस्ने । मैले बोलाएर सम्झाएँ, यो के गरेको भनेर । उसले अंकमा गल्ती भएछ भन्यो । अंकमा गल्ती भएको भए त, अक्षरमा मिलेको हुनुपर्ने । त्यहाँ पनि ३४ करोड नै छ । त्यो केसमा त उसको गल्तीले हामी जेल जान्थ्यौँ नि !

यो मान्छे घरमा बस्ने, घरबाट टाइप गरेर मान्छेलाई प्रोजेक्टहरू बाँड्ने । यो त गरिब मान्छेले पाउने प्रोजेक्ट हो नि । ५१ र ४९ प्रतिशत लेखेछ ।

आलुप्याज रोप्ने मान्छेले कसरी ५१ प्रतिशत लगानी गर्न सक्छ ? यो त एकदम बदमास रहेछ । मैले हिजो साफ गाली गरेको छु । त्यो फस्दैछ ।

मैले जेल पठाउने प्लान त थिएन । अब झुटो आरोप लगाएपछि मैले पाँचजनाको आयोग गठन गर्छु । अब त्यसले दु:ख पायो ।
अब त्यसको कारणले पाँच करोडको स्वरोजगार कार्यक्रम क्यान्सिल हुँदैछ । किनभने अब आचारसंहिता लागु हुँदैछ ।

आयोग गठन गर्नेबित्तिकै त मैले खर्च गर्न मिल्दैन । उसको बदमासी खोजतलास गर्नुपर्‍यो । अब दु:ख पाएको गरिब मान्छेले १/२ लाख भएपनि पाउँथ्यो नि ! बदमासहरूले यस्तो पनि पैसा खाइदिने रहेछन् ।

मैले त अनुहार नै नदेखा भनेर गाली गरेर खेदेको छु । अब झापट हान्यो भनेर भन्न त भनिहाल्छ नि । उसलाई जेल जाने डर भैसक्यो नि त ।

मैले त योङ केटा भनेर सम्झाउन खोजेको हुँ । अब आयोग चाहिँ गठन गर्छु, अत्ति भयो । कर्मचारीले युनियन छ भनेर जे पायो त्यही गर्न मिल्छ ? कर्मचारी युनियनको काम चाहिँ भ्रष्टाचार गर्ने हो ? कुन चाहिँ युनियनले भन्छ हेरौँ न ?

यो पनि मिलन गुरुङ (मनाङेले पहिला झापट हानेका तत्कालीन एन्फा कास्कीका अध्यक्ष) जस्तै ठग हो, बदमास हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]