
काठमाडौं – पछिल्लो २४ घन्टामा थप २४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।५५८७ नमूनाको परीक्षण गर्दा २४ नमूनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सोही अवधिमा कोरोनाबाट भने कसैको पनि मृत्यु भएको छैन।
मन्त्रालयका अनुसार मंगलबार थप ५१ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९ लाख ६५ हजार ७६५ पुगेको छ। निको हुने दर ९८.७ प्रतिशत हो। हाल ८१२ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
यस्तै पछिल्लो २४ घन्टामा १७ हजार ७५५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।