२३ मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र २२, २०७८

काठमाडौं – अमेरिकाले ‘अटेरी’ इमरान खानलाई सजाय दिएको रुसले टिप्पणी गरेको छ । रुसी विदेशमन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले पाकिस्तानी राष्ट्रपति आरिफ अल्भीले संसद् भंग गरेकोबारे आफूहरूले सूचना पाएको भन्दै अमेरिकाले पाकिस्तानी राजनीतिमा हस्तक्षेप गरेको आरोप लगाएकी छिन् ।

‘यसै वर्षको फेब्रुअरी २३–२४ मा इमरान खानले मस्कोको भ्रमण गरेपछि अमेरिकी र पश्चिमा मुलुकहरूले प्रधानमन्त्रीमाथि अशोभनीय दबाब दिदै भ्रमण रद्द गर्न अल्टिमेटम दिएका थिए ।’ विज्ञप्तिमा जनाइएको छ ।

‘पाकिस्तानी मिडियाका अनुसार मार्च ७ का दिन पाकिस्तानी दूत असद मजिदसँगको कुराकानीका क्रममा शीर्षस्थ अमेरिकी अधिकारीले युक्रेनमा जारी संकटबारे पाकिस्तानी नेतृत्वको सन्तुलित प्रतिक्रियाको तीखो शब्दमा निन्दा गरेका थिए र इमरान खान सत्ताबाट हटेको खण्डमा मात्रै अमेरिकासँग साझेदारी सम्भव रहेको बताएका थिए ।’ जाखारोभाको विज्ञप्तिमा उल्लेख छ ।

उनले पाकिस्तानमा विकसित घटनाक्रमबाट अमेरिकाले ‘अटेरी’ इमरान खानलाई सजाय दिने निर्णय गरेकोमा कुनै शंका नरहेको समेत बताइन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]