
काठमाडौँ – उदयपुरको बेलका नगरपालिकामा-३ मा आज (मंगलवार) बिहान साढे ४ बजेतिर ट्युसन पढ्न भनेर घरबाट निस्केकी १५ वर्षीया किशोरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
स्थानीय बासिन्दाले बिहान ७ बजे किशोरीको शव फेला परेको जानकारी दिएपछि प्रहरी घटनास्थल पुगेको हो ।
घरभन्दा झन्डै दुई किलोमिटर टाढा खोल्साको किनारमा शव भेटिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।