२० बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र २२, २०७८

काठमाडौं – पाकिस्तानी सेनाले प्रधानमन्त्री इमरान खानविरुद्ध कुनै विदेशी षड्यन्त्र फेला नपरेकोबारे पहिले नै जानकारी गराएको खुलासा भएको छ । पाकिस्तानबाट प्रकाशित हुने द एक्सप्रेस ट्रिब्युनले जनाएअनुसार अघिल्लो साताको आइतबार बसेको पाकिस्तानको राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा सैनिक नेतृत्वले प्रधानमन्त्री खानविरुद्ध कुनै विदेशी षड्यन्त्र नरहेको बताएका थिए ।

प्रधानमन्त्री खानले गोप्य रुपमा फेला पारिएको कूटनीतिक सूचनामा ‘पाकिस्तानमा अमेरिकाले सत्ता परिवर्तन चाहेको’ प्रमाण रहेको दाबी गर्दै आएका थिए । आफूमाथि अविश्वासको प्रस्ताव दर्ता भएपछि खानले यही दाबीलाई दोहोर्‍याउँदै आफूविरुद्ध विदेशी षड्यन्त्र रचिएको बताउँदै आएका थिए ।

सोही कूटनीतिक सूचनाबारे छलफल गर्न अघिल्लो साताको आइतबार अर्थात् मार्च २७ मा पाकिस्तानी राष्ट्रिय सुरक्षा परिषद्को बैठक डाकिएको थियो ।

उक्त बैठकमा सैनिक नेतृत्वले कुनै षड्यन्त्र फेला नपरेको बताएको सोमबार ट्रिब्युन पत्रिकाले खुलासा गरेको हो । यद्यपि उक्त बैठकपछि सुरक्षा परिषद्ले कूटनीतिक सूचनामा गैर कूटनीतिक भाषाको प्रयोग भएको र पाकिस्तानको आन्तरिक मामिलामा यस्तो हस्तक्षेप अस्वीकार्य रहेको जनाएको थियो ।

पाकिस्तानी संसद्का उपसभामुख कसिम सुरीले सुरक्षा परिषद्को यही निर्णयका आधारमा प्रधानमन्त्रीमाथि विदेशी षड्यन्त्र रचिएको भन्दै संविधानको धारा ५ अनुसार अविश्वासको प्रस्ताव खारेज गरिदिएका थिए । यता राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा सहभागी सैनिक नेतृत्वले भने माइनुटमा हस्ताक्षर नै नगरेको देखिएको ट्रिब्युनले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]