१९ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र २२, २०७८

सप्तरी – प्रहरीले ६ सय एम्पुल लागुऔषधसहित पोखराबाट तीनजनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरूमा नवलपरासी बर्दघाट नगरपालिका– १२ बस्ने वर्ष २६ का अमित शर्मा बढै, बर्दघाट १३ बस्ने वर्ष २६ का गोपी लोनिया र सोही स्थानका वर्ष २२ का प्रदीप बानियाँ रहेका कास्कीका प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय शिशुवा र वडा प्रहरी कार्यालय गगनगौडा कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले सवारीसाधन चेकजाँचका क्रममा पोखरा महानगरपालिका– ३० पावरहाउसबाट उनीहरूलाई पक्राउ गरेको हो ।

तनहुँबाट पोखरातर्फ आउँदै गरेको बसमा सवार उनीहरूको साथबाट लागुऔषधसहित एक थान मोबाइलसमेत फेला परेको तिवारीले जानकारी दिए । पक्राउ परेका उनीहरूलाई लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]