१२ चैत्र २०८१, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र २२, २०७८

काठमाडौं – सन् २०२२ को पहिलो त्रैमासिकमा टेस्लाको विद्युतीय सवारीको बिक्री गत वर्षको सोही अवधिको तुलनामा ६८ प्रतिशतले वृद्धि भएको छ ।

टेस्ला कम्पनीले सार्वजनिक गरेको प्रतिवेदन अनुसार यो वर्षको पहिलो त्रैमासमा कम्पनीले तीन लाख १० हजार ४८ वटा विद्युतीय कार विक्री गरेको छ ।

यो संख्या कम्पनीको अनुमानभन्दा पनि बढी भएको प्रतिवेदनमा उल्लेख छ । किनभने यो वर्ष कम्पनीको उत्पादनमा ह्रास आएको थियो । साथै यसको आपूर्तिमा पनि समस्या देखिएको थियो ।

अर्कोतर्फ कम्पनीको चीनमा रहेको प्लान्ट बन्द गरिएको थियो । आपूर्ति श्रङ्खला र चीनको कोभिड नीतिका कारण धेरै सास्ती भएपनि टेस्ला टिम र मुख्य आपूर्तीकर्ताहरूले उल्लेखनीय भूमिका खेलेको कम्पनीका सीईओ एलन मस्कले बताएका छन् ।

यो वर्ष कम्पनीले तीन लाख आठ हजारको हाराहारीमा विद्युतीय कार बिक्री हुने अनुमान गरेको थियो । यो अवधिको बीचमा कम्पनीले तीन लाख पाँच हजार ४०७ वटा नयाँ कार उत्पादन गरेको थियो ।

पछिल्लो समयमा विद्युतीय सवारीको उत्पादन र बिक्रीमा टेस्लाले बजारमा आफ्नो प्रभुत्व जमाइरहेको छ । यो बीचमा कच्चा पदार्थको मूल्य वृद्धि भएको भन्दै कम्पनीले गाडीको मूल्य पनि बढाइएको थियो ।

तर यसको असर बिक्रीमा खासै नपरेको प्रतिवेदनले देखाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]