१९ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र २२, २०७८

सप्तरी – नेपाली काँग्रेस प्रदेश १ ले स्थानीय तह चुनाव प्रचारप्रसार र परिचालन समिति गठन गरेको छ । काँग्रेस प्रदेश समितिको सोमबार बसेको बैठकले प्रदेश सभापति उद्धव थापाको नेतृत्वमा समिति गठन गरेको हो । ‘घर–घर जाऔं, काँग्रेस जिताऔं’ अभियान अन्तरगत प्रदेश समितिका सबै पदाधिकारी, प्रदेश कार्य सम्पादन समितिका सदस्य, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरु रहेको समिति गठन गरिएको प्रदेश महामन्त्री भूपेन्द्र राईले बताए ।

प्रदेश समितिका सबै पदाधिकारी रहने प्रदेश कार्यसम्पादन समिति गठन गरिएको छ । सदस्यमा गुरुराज घिमिरे, कैलाश आले, सान्नीमायाँ तामाङ, रेजिना भट्टराई, सेबित्रा आङदेम्वे, मदन संग्रौला, केशरबहादुर बस्नेत, राजकुमार बराइली, विमला राई, नन्दकुमार नेम्वाङ, सञ्जय भट्टराई, कुमार लुइटेल, विमल आचार्य, मिरा खड्का, राजेन्द्र घले, लोकेन्द्र राई, शेखरचन्द्र थापा, रामकुमार थापा, लक्ष्मीकुमार चौधरी, कृति चौधरी, सोमनारायण सोवदार र किरण भट्टराईलाई मनोनित गरिएको छ ।

काँग्रेस प्रदेश समितिले स्थानीय तहको टिकट वितरणका लागि प्रदेश संसदीय समिति गठन गरेको छ । प्रदेश १ भित्रका नगरपालिका, उपमहानगरपालिका र जिल्ला समन्वय समितिको प्रमुख तथा उपप्रमुखको टिकट वितरणका लागि प्रदेश संसदीय समिति गठन गरेको हो ।

प्रदेश समितिका सबै पदाधिकारी रहने समितिमा नौ जना सदस्य मनोनयन गरिएको छ । समितिमा गुरुराज घिमिरे, केशरचन्द्र थापा, मदन संग्रौला, सिजन गुरुङ, लोकेन्द्र राई, विमला राई, उत्तमबहादुर चम्लागाई, जितेन्द्र ठकुरी र रेजिना भट्टराईलाई मनोनयन गरिएको कांग्रेसले जनाएको छ ।

सो समितिले प्रदेश १ का ४६ नगरपालिका, दुई उपमहानगरपालिका र १४ जिल्ला समन्वय समितिको उम्मेदवारको टिकट टुंग्याउने महामन्त्री राईले बताए । बैठकले सहमहामन्त्री विनोद बस्नेतको नेतृत्वमा ५ सदस्यीय अनुशासन समिति गठन गरेको छ । यस्तै, १४ वटा विभाग गठन गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]