२० बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, चैत्र २१, २०७८

एजेन्सी – युक्रेनी नगर बुचामा भएको आम हत्याप्रति अन्तर्राष्ट्रिय समुदायले निन्दा व्यक्त गरेका छन्।अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्कनले त्यहाँ छरिएका कङ्कालहरूको दृश्य निराशाजनक भएको बताएका छन्। जर्मनी, फ्रान्स, ब्रिटेन र नेटोका नेताहरूले आफूहरू स्तब्ध भएको प्रतिक्रिया दिएका छन् भने युरोपेली आयोगकी प्रमुखले रुसविरुद्ध थप प्रतिबन्धहरू लगाउने प्रतिवद्धता जनाएकी छन्।

भिडिओमा सर्वसाधारणहरूको शव शहर र पछाडिपट्टिका गल्लीहरूमा त्यसै छाडिएको र कतिपयका हातहरू पछाडिबाट बाँधिएको पाइएको थियो। रुसले ती तस्बिरको सत्यताबारे प्रश्न उठाउँदै बुचामा ‘युक्रेनी कट्टरपन्थीका उत्तेजनात्मक’ कदमबारे छलफल गर्न सुरक्षा परिषद्को आपत्कालीन बैठक डाकिनुपर्ने अनुरोध गरेको छ।

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफ्नो देशले रुस विरुद्धको लडाइँ जित्ने बताएका छन्। युक्रेनी सर्वसाधारणहरूलाई रुसले निशाना बनाएकोमा निन्दा गर्दै एउटा भिडिओ सन्देशमार्फत उनले त्यस्तो बताएका हुन्। यसअघि युक्रेनका अभियोजकहरूले चार सय भन्दा बढी शवहरू किएभ नजिकैका नगरहरूमा फेला परेको बताएका थिए। जेलेन्स्कीले रुसले ती क्षेत्रहरूबाट फिर्ता हुने क्रममा युक्रेनीहरूविरूद्ध नरसंहार गरेको भन्दै रुसी अपराधलाई दण्डित गर्न नयाँ प्रतिबन्धहरू मात्रै पर्याप्त नहुने बताए।

किएभ नजिकैको एउटा युद्ध क्षेत्रबाट रुसी फौजहरू फर्कने क्रममा जथाभाबी हत्या गरिएका दाबी गरिएका छन्। युक्रेनी विदेशमन्त्रीले रुसी फौजले ‘योजनाबद्ध रूपमा नरसंहार मच्चाएको’ दाबी गरेका छन्। उक्त शहरबाट लिइएका तस्बिरमा व्यापक विध्वंश र छरिएका शवहरू देखिन्छन्। युक्रेनी फौजले कम्तीमा २० जना मृत पुरुषका शव फेला पारेको र त्यसमध्ये कतिपयका हात पछाडिबाट बाँधिएको अवस्थामा रहेको बताएका छन्।

युद्ध अन्त्यका लागि पुटिनले के चाहेका छन्?

पुटिनले विश्वको स्वरूप नै फेरिदिए तर त्यो उनले चाहे जसरी भएन!

एउटा अमेरिकी प्रविधि फर्मले बुचामा सामूहिक चिहान पत्ता लगाएको ठाउँमा ४५ फुट गहिरो खाडल रहेको भूउपग्रहका तस्बिरले देखाएको जनाएको छ। मार्च ३१ मा लिइएका तस्विरले म्याक्सर टेक्नोलोजिजले लिइएको हो र त्यहाँ खन्ने काम भएको सङ्केत मार्च १० बाट नै देखिएको उल्लेख गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]