२० बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, चैत्र २१, २०७८

सप्तरी – कर्णाली प्रदेश अस्पताल सुर्खेत परिसरमा बच्चाको शव कुकुरले च्यापेर डुलिरहेको फोटो र भिडिओ सामाजिक सञ्जालमा भाइरल भयो।

अस्पतालको पार्किङ क्षेत्रमा बच्चाको शव च्यापेर कुकुर डुलिरहेको भिडिओ शनिबारदेखि भाइरल भएको थियो। उक्त भिडिओ कसैले मोबाइलमा खिचेका थिए।

बच्चाको शव कुकुरले लिएर हिँडेको फोटो र भिडिओ देखेर कर्णाली प्रदेश अस्पतालको आलोचना भइरहेको छ। अस्पतालले भने शनिबार नै विज्ञप्ति निकालेर बच्चाको शवबारे अनुसन्धान गर्न प्रहरीलाई अनुरोध गरिसकेको बताएको थियो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनाबारे अनुसन्धान गरेपछि मृत बच्चा कसको हो भन्ने खुलेको छ।

प्रहरी निरीक्षक कनकबहादुर शाहीका अनुसार दैलेखको आठबीस नगरपालिका–९ का गोपाल विक र पवित्रा बिकको बच्चाको शव भन्ने खुलेको छ।

प्रदेश अस्पतलमा सुत्केरी हुन आएकी पवित्राबाट गत चैत १४ गते मृत बच्चा जन्मेको थियो।

अस्पतालले उनका परिवारलाई शव जिम्मा लगाएको थियो। उनीहरुले अस्पताल परिसरको जंगल भएको क्षेत्रमा मृत बच्चालाई गाडेका थिए। त्यहीबाट कुकुरले ल्याएको हुन सक्ने अनुमान छ।

शवको सनाखत गराई पुनः सुरक्षित रुपमा दाहसंस्कार गर्न बुवा गोपाललाई आइतबार नै जिम्मा लगाइएको थियो।

‘उहाँहरु सुर्खेतमै हुनुहुँदो रहेछ, हामीले अनुसन्धान गर्ने क्रममा पत्ता लागेपछि शव जिम्मा लगाईसक्यौं,’ उनले भने।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]