२० बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, चैत्र २०, २०७८

रुपन्देही – रुपन्देहीको तिनाउ तटीय क्षेत्र बुटवलको सुकुम्वासी बस्तीमा टोल विकास संस्थाले भाडामा बस्दै आएका सर्वसाधारणलाई घडेरी वितरण गर्ने आश्वासन दिएर गैर कानुनी ढङ्गले रकम असुली र फर्जी लालपुर्जा बाँडेको रहस्य सार्वजनिक भएको छ ।

बुटवल–११ को हात्तीसुड टोल विकास संस्थाले टोलमा बस्दै आएका व्यक्तिलाई घडेरी दिने भन्दै केही वर्षयता लाखौँ रुपैयाँ असुलेको भन्दै स्थानीयले छानबिन गरी कारबाही गर्न माग गरेका छन् । टोल विकास संस्थाले गैर कानुनी काम ढाकछोपका लागि राजनीतिक दल, केही प्रहरी र पत्रकार समेत प्रयोग गरेको भन्दै पीडितले आइतबार पत्रकार सम्मेलन गरी छानबिन र कारबाहीको माग गरेका छन् ।

टोल विकास संस्थाको आडमा पदाधिकारीले सार्वजनिक जग्गा बेचबिखन गर्ने देखि आफू र आफन्तलाई जग्गा बाँडेर घर बनाई भाडामा लगाउने सम्मका गतिविधि भएको गुनासो गरेका छन् । शुक्रबारे चोकमा बस्दै आएकी राधा बस्नेतले जग्गा पाउने आश्वासनमा तीन वर्षअघि टोल विकास संस्थालाई ३ लाख ४० हजार रुपैयाँ बुझाएको तर जग्गा नपाएको बताउनु भयो । त्यति बेला संस्थाको अध्यक्ष रवि गुरुङ रहेका उहाँले बताउनु भयो । ‘१५ हात मोहडा र ३५ हात पिछाड भएको जग्गा दिन्छौँ भनेपछि ४ वर्ष अघि ३ लाख ४० हजार दिएकी हुँ’– बस्नेतले क जग्गा दिनुप¥यो नभए पैसा फिर्ता दिनुप¥यो भन्दै गुनासो गरिन ।

अर्की पीडित लक्ष्मी राईले जग्गा दिने आश्वासन दिएर टोल विकास संस्थाले ७२ हजार रुपैयाँ लिएको तर १२ वर्षसम्म जग्गा नदिएको बताउनु भयो । टोल विकास संस्थाकै कोषाध्यक्ष सरस्वती गलामीले अध्यक्ष लगायतका पदाधिकारीले सर्वसाधारणबाट रकम असुल्दा रसिद नदिने र नगद कारोबार गरेर रकम हिनामिना गरेको बताउनु भयो ।संस्थाकै सल्लाहकार सुनिल न्यौपानेले टोल विकास संस्थाका पदाधिकारीले झन्डै १८ लाख रुपैयाँ गैर कानुनी ढङ्गले असुलेर हिनामिना गरेको आरोप लगाउनु भयो ।

‘सुकुम्वासी परिवारलाई कमाई खाने भाँडो बनाइएको छ’–न्यौपाने भन्नु भयो समस्याका सवालमा–‘ठुला दलहरू भोट घट्ला भनेर तै चुप मै चुप भएका छन् । टोल विकास संस्थाका अध्यक्ष भीमसेन श्रेष्ठले भूमिहीनलाई सरकारले जग्गा बाँड्ने प्रक्रिया रहेकाले बसोबास गरेको प्रमाणका लागि टोल विकास संस्थाले बनाएको लालपुर्जा बाँडेको स्वीकार गर्नु भयो । पीडितहरूले न्यायको लागि नगरमा क्रियाशील सबै दलहरूलाई निवेदन दिए पनि अरूले सुनुवाइ नगरेपछि आफ्नो दलले यो विषयलाई गम्भीरताका साथ लिएर छानबिन र कारबाहीको माग गरेको जनता समाजवादी पार्टी बुटवलका अध्यक्ष वामदेव भुसालले बताउनु भयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]