२० बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, चैत्र २०, २०७८

काठमाडौं – प्रहरी बैंकिङ मुद्दाका फरार अभियुक्त बौद्धबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा इलामको सन्दरकपुर गाउँपालिका-४ भोटेगाउँ घर भई हाल तार्केश्वर नगरपालिका-५ लोलाङ बस्‍ने ४२ वर्षीय डाकमान गुरूङ रहेका छन् ।

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी)को टोलीले आइतबार बौद्धबाट पक्राउ गरेको हो ।
उच्च अदालत पाटनले २०७८ फागुन २९ गते उनलाई तीन दिन कैद र १५ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

गुरूङले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको जानी–जानी विभिन्न मितिमा चेक काटेर पीडितलाई झुक्याएको उजुरी परेपछि मुद्दा चलाइएको थियो ।

बौद्धमा लुकिछपी बसिरहेको अवस्थामा गुरूङलाई पक्राउ गरी फैसला कार्यान्वयनाका लागि चितवन जिल्ला अदालतमा पेश गरिएको सीआईबीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]