१६ बैशाख २०८२, मंगलबार
wait Please...

KChhaKhabar

आइतबार, चैत्र २०, २०७८

काठमाडौँ – ५औं नेपाल अन्तर्राष्टिय चलचित्र महोत्सवको तेस्रो दिन आज राम्रो अभिनय के हो? प्रश्नको उत्तर खोज्न कलाकर्मीहरुले बहस गरेका छन्। कलाकार विपिन कार्कीले अभिनय राम्रो र नराम्रो नै हुँदैन भन्दै मैले फिल गरेको अर्को कुनै कलाकारको फिलमा फरक हुन्छ। कलाकार अभिनयमा इमानदार हुनुपर्छ। त्यो इमानदार भनेको कुनै निश्चित पात्र आफू जस्तै हुनुपर्छ अनि मात्र स्वभाविक र जीवन्त देखिन्छ।

त्यस्तै नाट्यकर्मी सुनिल पोखरेलले पनि कलाकार आफूप्रति इमानदार हुनुपर्छ, अनि मात्र राम्रो अभिनय राम्रो हुने कुरा बताए। उनले फिल्म डाइरेक्टरको माध्यम हो भने थिएटर एक्टरको माध्यम भएको कुरा पनि उल्लेख गर्दै एक्टरलाई बाँधेर राख्यो भने राम्रो अभिनय हुन सक्दैन उनले भने।

अभिनय आ–आफ्नो शैलीमा हुन्छ भन्दै कलाकार विपिन कार्कीले एउटै पात्रलाई दुई अलग व्यक्तिले फरक शैलीमा प्रस्तुत हुने कुरा छलफलको क्रममा बताए । नाटकमा भन्दा चलचित्रमा क्यारेक्टराइजेशन कमजोर हुने प्रसंगमा कलाकार सरिता गिरीले नाटकमा महिनौँ रिहर्सल गर्दा अभिनय मात्र हैन क्यारेटराइजेशन पनि बलियो हुने बताइन्।

फिल्ममा भने समय थोरै मात्र दिइन्छ, जसको क्यारेटराइजेशन कमजोर देखिने बताइन। थिएटर र फिल्म फरक माध्यम हो भन्दै कलाकार कार्कीले अभिनय सबै पात्रहरूको लय मिलेको छ भने अनि मात्र राम्रो देखिने बताए। उनले त्यसैले यो टिम वर्क भएको उल्लेख गरे।

नाटकका कलाकारले लाउड अभिनय गर्छन भन्ने विषयमा कलाकार गिरिले थिएटर कलाकारले लाउड अभिनय गर्छन भन्ने आरोपलाई स्विकार गर्दै तर अभिनयको मात्रा कसरी घटाउने भन्ने कुरा नभन्दा भने कहिले काहीँ समस्या हुने बताइन। उनले भनिन्, जहा गरे पनि अभिनय अभिनय नै हो।

पात्रलाई कसरी एडप्ट गर्ने भन्ने प्रसंगमा कलाकार गिरिले कुनै पात्रलाई डिटेलमा बुझ्ने, उसको इनर थट के हो? टेक्स सब टेक्समा मनन गर्ने जसले गर्दा अभिनय जिवन्त हुन्छ। चलचित्र आमाको पात्रलाई बुझ्न रियल घटना र पात्रलाई लामो समयसम्म अध्ययन गरेको बताइन्। यसै प्रसंगमा नाट्यकर्मी पोखरेलले चरित्र बुझ्न स्कृप्ट धेरै पटक पढ्नु पर्ने बताए।

आफ्ना भिन्न चलचित्रका भिन्न पात्रको बारेमा चर्चा गर्दै कलाकार कार्कीले पहिलो क्यारेक्टर दोश्रो क्यारेक्टरमा हाबी हुन सक्ने भन्दै कलाकारको लागि सबैभन्दा ठुलो चुनौती भएको र पहिलो पात्रलाई बिर्सन कठिन हुने आफ्नो अनुभव शेयर गरेका छन्। यसै प्रसंगमा नाट्यकर्मी पोखरेलले कलाकार क्यारेक्टराइजेशनबाट सुन्यमा पुग्न व्यक्ति पिच्छे फरक हुन्छ। कलाकारले आफ्नो जमीनलाई बिर्सेको प्रसंगमा नाट्यकर्मी पोखरेलको सटिक जवाफ थियो जसले भुईँ छोड्छ त्यो हराउँछ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]