०४ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, चैत्र २०, २०७८

सप्तरी – स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा राजनीतिक दलहरूबाट उम्मेदवारी घोषणा गर्नेहरुको लर्को छ । यहीबीचमा राप्रपाका महामन्त्री धवलशमशेर राणाले भने आफू नेपालगन्ज उपमहानगरपालिकामा पुनः उम्मेदवार नबन्ने घोषणा गरेका छन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा उनी राप्रपाबाट मेयरमा निर्वाचित भएका थिए ।

रातोपाटीसँग कुरा गर्दै राणाले आफू नेपालगन्जको मेयरमा अर्को कार्यकालको दाबेदार नरहेको बताए । ‘मेरो सहर बनिसक्यो । मैले दुई पटक मेयर भएर नेपालगन्ज बनाइसके । अब खाली त्यसलाई मनिटरिङ र व्यवस्थापन गर्ने मात्रै हो’, उनले भने, ‘अब देश बनाउने निस्कने हो । हिन्दुराष्ट्र र राजासहितको प्रजातन्त्रलाई कायम गर्नका लागि म निस्कने हो । नेपालगन्ज क्षेत्रबाट म प्रतिनिधिसभाको चुनावमा सहभागी हुन्छु ।’

राणाले आफू र एमाले अध्यक्ष केपी ओलीबीचको भेट भएको र सो क्रममा देशभर चुनावी तालमेलबारे प्रारम्भिक छलफल भएको रातोपाटीलाई बताए । ‘प्रारम्भिक छलफल भएको छ । अब उहाँले आफ्ना साथीहरुसँग कुरा गर्नुहुन्छ । मैले पनि पार्टीमा कुरा राख्छु,’ उनले भने ।

पाँच पार्टी एकतातिर उभिने भएपछि राप्रपा र एमालेले पनि सम्भावनाहरूको खोजी गर्नु स्वाभाविक भएको उनको भनाइ छ । ओलीसँग प्रारम्भिक कुरामात्रै भएकाले कसरी तालमेल गर्ने र अघि बढ्ने भन्नेबारे दुबै पार्टीमा विस्तृतमा छलफल गरेर अघि बढ्न सकिने उनको भनाइ छ ।

उनले अब नेपालगन्जमा नयाँलाई उम्मेदवार बनाएर अघि बढाउने पनि बताए । राणा पुनः मेयर नबन्ने भएपछि नेपालगन्जमा राप्रपाबाट आधा दर्जनको हाराहारीमा स्थानीय नेताहरु टिकटको दौडमा रहेका छन् । एक जिल्लास्तरीय नेताका अनुसार ओम प्रकाश आजाद, गौरव चन्द, तेज विक्रम शाह, सफिक भेना लगायत नेपालगन्जमा मेयरको दाबेदार रहेका छन् । जिल्ला अध्यक्ष नरेन्द्र पौड्यालले चैत २२ बजे उम्मेदवारको फाइनल गर्नेगरी तयारी भइरहेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]