२० बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, चैत्र २०, २०७८

कैलाली – कञ्चनपुरको बेदकोट नगरपालिकामा एमालेबाट निर्वाचित नगर प्रमुखसहित पाँच जना वडाध्यक्ष र २२ जना वडा सदस्यहरू एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मेयर अशोक चन्द सहित पाँच अध्यक्ष, कार्यपालिका सदस्य र सदस्यहरूलाई पार्टीमा भित्र्याएका हुन् ।

गत पुसमा भएको नेकपा एमालेको जिल्ला अधिवेशनमा पल्लवराज भट्टसँग सचिव पदमा पराजित भएपछि पार्टीभित्र असन्तुष्ट बनेका मेयर चन्द माधव नेपाल एमालेमा छँदा उनी निकट नेता हुन् ।

नगरप्रमुख सहित वडा नम्बर ३ का अध्यक्ष तिलक ठकुल्ला, ४ नम्बरका अध्यक्ष भास्कर भट्ट ७ नम्बरका वीर बहादुर डगौरा, ८ नम्बरका दुर्गासिंह भण्डारी र १० नम्बरका केशव रावल एमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेको वडा नम्बर १० का वडा सदस्य डम्मर भट्टले जानकारी दिए ।

१० वडा रहेको बेदकोट नगरपालिकामा ८ वडा एमालेले जितेको थियो । अहिले ८ मध्ये ५ वडाध्यक्षहरू एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

कार्यपालिका सदस्यहरू निर्मला विष्ट चौधरी, पिंकी दमाईं, माया बोहरा, तारा रैका, दलवीर टमाटा, चेतराम कामी पनि एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

वडा नम्बर १ का चारै जना वडा सदस्यहरू पनि समाजवादीमा प्रवेश गरेको भट्टले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]