१७ मंसिर २०८०, आइतबार
wait Please...

एजेन्सी

शुक्रबार, भाद्र १२, २०७७

काठमाडौं : भारतमा पछिल्लो २४ घण्टामा झण्डै ७७ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एजेन्सीहरुका अनुसार ७६ हजार ८२६ जनामा कोरोना पुष्टि भएको छ। यो हालसम्मकै उच्च संख्या हो। योसहित भारतमा कुल संक्रमितको संख्या ३३ लाख ८४ नाघेको छ।

यस्तै भारतमा पछिल्लो २४ घण्टामा १ हजार ६५ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ६१ हजार ६९४ पुगेको छ। अ​मेरिकामा ४४ हजार ७ सय संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ६० लाख ४५ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार १ सय ११ जनाको मृत्यु भएको छ। ब्राजिलमा ९ सय ७०, मेक्सिकोमा ६ सय २६, कोलम्बियामा २ सय ८४, दक्षिण अफ्रिकामा १ सय २६, रसियामा १ सय २१ र चिलीमा ८२ जनाको मृत्यु भएको छ। विश्वभर २ लाख ६१ हजार ६ सय ७५ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या २ करोड ४६ लाख नाघेको छ। ८ लाख ३४ हजार ७ सय ५८ जनाको मृत्यु भएको छ। १ करोड ७० लाख ७४ हजारभन्दा धेरै संक्रमणमुक्त भएका छन्।

यसैबीच, कोरोना संक्रमण बढ्दै गएपछि फ्रान्सको राजधानी पेरिस र आसपासका स्थानमा मास्क लगाउन बाध्यकारी बनाइएको छ। पैदल र साइकलमा हिँड्नेलाई मास्क अनिवार्य लगाउन अनिवार्य गरिएको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। कारभित्र भने मास्क लगाउन अनिवार्य गरिएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]