२० बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, चैत्र १८, २०७८

सप्तरी – सरकारले थप ४३ जिल्लामा राष्ट्रिय भूमि आयोग गठन गरेको छ। प्रदेश नम्बर १ का चार, मधेशका ८, बागमतीका ५, गण्डकीका ६, लुम्बिनीका ५, कर्णालीका ८ र सुदूरपश्चिमका ७ जिल्लामा भूमि आयोगका अध्यक्ष तोकिएका छन्।

भूमि आयोगका जिल्ला अध्यक्ष तोकिएकाहरू सत्तारूढ गठबन्धनभित्र रहेका दलका जिल्लास्तरीय नेताहरू रहेका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद बैठक भूमि आयोगका अध्यक्ष तोक्ने निर्णय गरेको थियो।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठको उपस्थितिमा आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाले आयोगका नवनियुक्त जिल्ला अध्यक्षहरूलाई बिहीबार नै सपथ खुवाइसकेका छन्।

मन्त्री श्रेष्ठले जतिसक्दो छिटो काम गर्न नवनियुक्त अध्यक्षहरूलाई आग्रह गरेकी थिइन्। उनले केही समयभित्रै सुकुम्बासीलाई लालपूर्जा दिने गरी तयारी भइरहेको बताइन्।

यसअघि सरकारले २८ जिल्लामा भूमि आयोग गठन गरेको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]