२० बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, चैत्र १८, २०७८

सर्लाही – जिल्ला प्रहरी कार्यालय, सर्लाहीको ५ महिने छोटो अवधि नेतृत्व सम्हालेका एसपी कृष्ण प्रसाईंसँग शुभकामना तथा फेरी भेटौला कार्यक्रम गरिएको छ ।

राष्ट्रसेवक कर्मचारीहरूको तर्फबाट कर्मचारी मिलन केन्द्र, सर्लाहीले एसपी प्रसाईंको राष्ट्रसेवक कर्मचारी प्रतिको दृष्टिकोण, समाजमा विधमान विकृति विसंगति न्यूनीकरण गर्दै शान्ति र सुशासन कायम गर्ने अठोट, कर्मचारी मिलन केन्द्रसँगको सकारात्मक र रचनात्मक हातेमालो, प्रहरी संगठन प्रतिको आस्था, प्रहरी कर्मचारी प्रतिको माया ममता प्रति आभार व्यक्त गर्दै आगामी कार्यकालको सफलताका साथै सुखद् व्यवसायीक तथा व्यक्तिगत जीवनको कामना सहित शुभकामना तथा फेरी भेटौला कार्यक्रम गरिएको मिलन केन्द्रका सचिव सुनिल कुशवाहाले जानकारी दिनुभयो ।

सो क्रममा एसपी प्रसाईंले आफ्नो कार्यकालमा आवश्यक सहयोग गर्ने जिल्ला सुरक्षा समिति, प्रहरी, राष्ट्रसेवक कर्मचारी, मिलन केन्द्र परिवार, संचारकर्मी, सरोकारवाला, सर्लाहीवासी सबैप्रति आभार व्यक्त गर्नु भएको छ ।

कार्यक्रममा प्रजिअ थानेश्वर गौतम, प्रमुख सेनानी अभिषेक कार्की, सप्रउ भरत खनियाँ, उपअनि चन्दन कुमार झा, केन्द्रका सचिव सुनिल कुशवाहा, सदस्य प्रअ राज कुमार थापा, सदस्य डा. नन्दकिशोर कुशवाहा, सदस्य ई.शत्रुधन कुमार यादव, सदस्य ई. रञ्जय कुमार महतो, चन्द्रकान्त झा, मुकेश कुमार यादव, विश्वनाथ यादव, अनिल कुमार साह लगायतको उपस्थिति रहेको थियोे । एसपी प्रसाई प्रहरी प्रधान कार्यालयमा सरूवा हुनुभएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]