२० बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र १७, २०७८

विराटनगर – यतिबेला स्थानिय तहको निर्वाचनको चट्टारो सबै पार्टीका कार्यकताहरुलाई परिरहेको छ । कसले उमेवारी दिने कोको दावेदार हुने सवै दलका नेता तथा कार्यकर्ताहरुलाई दौडधुप परिरहेको छ ।

स्थानिय तहको निवार्चन नजिकिदै गर्दा सर्वसाधारण जनताको मनमा एउटै मात्र प्रश्न गर्छन्, हालका जन प्रतिनिधिले हाम्रो लागि के गरे र अब आउने जाप्रतिनिधिले के गर्लान ? जनता निराशा छन् । कुन नेताले विकासका कार्य गर्लान भन्ने सन्दर्भमा सहि प्रतिनिधि चयन गर्नको लागि अब हुन लागि रहेको स्थानिय स्तरको चुनावले अहम भूमिका खेल्ने छ ।

चार बर्षको कार्यकाललाई हेर्ने हो भने विराटनगरको अवस्था सारै फेरीएको देखिदैन । १९ वडा मध्यको वडा नं. ६ मा जनप्रतिनिधि भएर आएका विजय कामतलाई हेर्ने हो भने आशाका केही किरणहरु देख्न सकिन्छ ।

विराटनगरका अन्य वडाको तुलनामा वडा नं. ६ को विकास बढी भएको देखिन्छ । विजय कामतले वडाको कार्यकाल समालेपछि आफ्नो कार्यकालमा वडाको मुहार फेरेका छन् । उनले मन्दिर, मस्जित, बाटो, नाला, विद्यालय, मदर्सा जस्ता क्षेत्रको विकास गरेका छन् । विराटनगरको विकास निमार्णमा वडा नं. ६ मा मात्र चौतफि विकास भएको छ भन्दा फरक न पर्ला । “विजय कामलेकाम गरेन यदि कसैले भन्छ भनि म त्यसको प्रतिउत्तर दिन तयार छु ।” उनी भन्छन्,“मैले चार वर्ष जनसमुदायमा बसेर काम गरेको छु । मलाई उहाँहरुको समस्या थाहा छ । अव फेरी जनप्रतिनिधि भएर आउन पाए भने मैले चाहेर पनि पुरा गर्ननसकेका समस्यालाई समाधान गर्नुका साथै पूर्ण रुपमा वडाको विकास गर्ने छु ।”

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्घारा सञ्चालनमा आएको प्रधानमन्त्रि सो रोजगार कार्यक्रम विराटनगरमा विजय कामतले मात्र निरन्तरता दिएका छन् । यती मात्र नभई वडाका किसानलाई मध्यनजर गर्दै उनको एकल पहलमा चार विगा क्षेत्रफलको अन्तरमा वोरीङ्खको व्यवस्था गरेका छन् । जसले गर्दा सिचाइको अभाव नहुँदा किसान हर्सित देखिन्छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]