२० आश्विन २०८१, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र १७, २०७८

सप्तरी – तालिबानले छात्राहरूलाई माध्यमिक विद्यालयमा फर्किनबाट रोकेपछि विश्व ब्याङ्कले अफगानिस्तानमा ७२ अर्ब नेपाली रुपैयाँ बराबरका चार वटा परियोजना रोक्का गरेको छ। विश्व ब्याङ्कका परियोजनाहरू शिक्षा, स्वास्थ्य र कृषिमा सुधारका क्षेत्रमा लक्षित थिए।

ब्याङ्कले यसअघि छात्रा र महिलाहरू सहभागी हुने र उनीहरूलाई फाइदा पुग्ने क्षेत्रमा यो परियोजना केन्द्रित हुने जनाएको थियो। गत साता तालिबानले महिनौँको प्रतिबन्धपछि विद्यालय खोल्न गरिएको निर्णय उल्टाएको थियो।

तालिबानले अफगान परम्परा र सरिया कानुन अनुरूपको पोसाकबारे निर्णय भएपछि मात्रै छात्राहरूका लागि विद्यालय खोल्ने बताएको छ।

१) अफगान महिलालाई विश्वविद्यालयका ढोका खुला
२) अफगानिस्तानमा महिलालाई टेलिशृङ्खलामा देखाउन नपाइने नयाँ नियम

यो निर्णयको अन्तर्राष्ट्रिय स्तरमै निन्दा भएको छ। शनिवार राजधानी काबुलको शिक्षा मन्त्रालय नजिकै प्रदर्शनकारीहरू भेला भएर विद्यालयहरू खोल्न दबाव दिएका थिए।

विश्व ब्याङ्कका परियोजनाहरू अफगानिस्तानका सेवाहरूमा पुरुष सरह महिला र बालिकाहरूको पहुँच बढाउनमा केन्द्रित थिए।

यस्ता परियोजनाका लागि छुट्टाइएको रकम अफगानिस्तान पुनर्निर्माण कोष एआरटीएफबाट परिचालन हुने गरेको थियो।

तालिबानले देशको शासन हातमा लिएपछि गत वर्ष पनि यस्तो सहायता खर्च हुन सकेको थिएन।

यही महिनाको सुरुमा विश्व ब्याङ्कको कार्यकारी सञ्चालक समितिले एक अर्ब अमेरिकी डलरभन्दा बढी रकम अफगानिस्तानको शिक्षा, कृषि र स्वास्थ्यका क्षेत्रमा “तत्कालीन आवश्यकता” पूर्तिका लागि विनियोजन गर्ने निर्णय गरेको थियो।

योजना कार्यान्वयनका लागि छुट्टाइएको रकम तालिबान सरकारलाई हस्तान्तरण नगर्ने भनिएको थियो।

यस्तो रकम संयुक्त राष्ट्रसङ्घका निकायहरू र सहायता निकायमार्फत मात्रै खर्च गरिने सर्त राखिएको थियो।

तालिबानले विद्यालय जान रोकेपछि प्रवासबाट सयौँ बालिका र किशोरीलाई अनलाइन शिक्षा
अफगान महिला न्यायाधीशहरू आफूले दोषी ठहर गरेका हत्याराहरूका कारण ‘बन्दी’
“पहिलो चरणमा दाताहरूले शिक्षा, कृषि र स्वास्थ्य क्षेत्रका साथै समुदायको जीवनस्तरका तत्कालीन आवश्यकता मा सहयोगका लागि दाताहरूले करिब ६० करोड अमेरिकी डलर खर्च गर्नेछन्,” ब्याङ्कले मार्च १ मा जारी गरेको वक्तव्यमा भनेको थियो।

“यो ६० करोड सहायतासँगै परिस्थितिले साथ दिए थप पूरक विनियोजनहरू पनि एआरटीएफबाट हुनेछन्,” विश्व ब्याङ्कले भनेको छ।

“यो चरणको ढाँचा तरल राजनीतिक अवस्थालाई मध्यनजर गर्दै लचक र त्यसै अनुकूलको तयार गरिएको छ।”

विश्व ब्याङ्कले परियोजनाको लक्ष्य प्राप्ति हुने सुनिश्चितता भएमा कार्यक्रम फेरि सुरु गर्न सक्नेछ।

गत शुक्रवार अमेरिका, यूके सहितका १० देशले संयुक्त वक्तव्य जारी गर्दै तालिबानको कदमलाई “अन्त्यतै विचलित” भनेर टिप्पणी गरेका थिए।

अमेरिकी विदेश मन्त्रालयले कतारमा हुने तय भएको तालिबानसँगको बैठक समेत स्थगित गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]