सप्तरी – महाेत्तरीमा खेत जाेत्ने क्रममा ट्याक्टरकाे राेटाभेटरमा परी एक बालककाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा सोनमा गाउँपालिका-८ शिवनगरका कलाम हुसैनका पाँच वर्षीय छाेरा अकसर अली रहेका छन् ।
२५ वर्षीय चालक रामबाबु महराले बुधबार साँझ अकसरलाई आफूसँगेकाे सिटमा राखी खेत जाेत्दै थिए ।
साेही क्रममा अकसर तल झर्दा राेटाभेटरमा परी घटनास्थलमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।