काठमाडौं – पहिलो पटक इन्डियन प्रिमियर लिग (आईपीएल)मा पहिलोपटक सहभागी लखनऊ सुपरजायन्ट्स र चार पटकको विजेता चेन्नई सुपर किंग्स दुवैले यो सिजनको सुरुआतमै हारको स्वाद चाख्नुपरेको थियो। तर, यो हारले दुवै टोलीलाई खासै समस्यामा पर्ने छैन। किनकि, यो प्रतियोगिताको उद्घाटन चरण हो।
लखनऊका कप्तान केएल राहुलले आफ्नो टोलीले यो भन्दा राम्रो प्रतियोगिता सुरु गर्न नसक्ने बताए। सबैभन्दा ठूलो कारण गुजरात टाइटन्सविरुद्ध लखनऊको मध्यक्रमको ब्याटिङ थियो। गुजरातविरुद्धको शीर्षक्रम सस्तोमा प्याभिलियन फर्किएपछि लखनऊको मिडल अर्डरले इनिङ्सको जिम्मा लिएको थियो।
लखनऊको मिडल अर्डर कागजमा कमजोर छ। तर, पहिलो खेलमा २९ रनमा चार विकेट गुमाएपछि दीपक हुड्डा र आयुष बडोनीले लखनऊलाई सम्मानजनक स्कोरमा पुर्याउन उपयोगी इनिङ्स खेले। अर्कोतर्फ कप्तान केएल राहुल अन्तिम भिडन्तमा तीव्र गतिका बलर दुश्मन्ता चमिराको पूर्ण उपयोग गर्न नसकेकोमा पक्कै पछुताएका छन्।
गुजरातका लागि चमिरा सबैभन्दा घातक बलर साबित भए। तर, खेलमा उनको कोटाको एक ओभर बाँकी रह्यो। अर्कोतर्फ, चेन्नई सुपर किंग्स नतिजाको चिन्ता नगरी शान्त मनोवृत्तिको लागि परिचित छन्। तर, कोलकाता नाइट राइडर्सविरुद्धको पराजयमा पनि चेन्नई टोलीका लागि धेरै सकारात्मक पक्षहरू उभिएका छन्।
एमएस धोनीले ३८ बलमा अविजित ५० रनको इनिङ्स खेले। उनको यो दुई वर्षपछि आईपीएलमा पहिलो अर्धशतक हो। यता, ड्वेन ब्राभोले ४ ओभरमा मात्र २० रन दिएर तीन विकेट लिए। यी दुवै खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सक्यास लिसकेका छन् र लिगको पहिलो खेलमा दुवैको आगमन चेन्नईका लागि राम्रो संकेत हो।
लखनऊले फेरि एकपटक जेसन होल्डर बिना नै मैदानमा उत्रिनुपर्नेछ। होल्डर अर्को खेलबाट उपलब्ध हुनेछन्। जबकि एन्ड्रयू टाईको उपलब्धताको बारेमा कुनै औपचारिक बयान जारी गरिएको छैन।
यदि एन्ड्रयू टाई चेन्नईविरुद्ध उपलब्ध रहे भने मोहसिन खानलाई टोलीबाट बाहिर राख्नुपर्ने हुनसक्छ। पछिल्लो खेलमा लखनऊको टोली तीन विदेशी खेलाडी मात्रै लिएर मैदान उत्रिएको थियो।
यता, अलराउन्डर मोइन अली चेन्नईको क्याम्पमा सामेल भएका छन्। भिसा समस्याका कारण मोइन पहिलो खेलमा टिममा पर्न सकेनन्। मोइन अली आएपछि मिचेल सान्टनर बेन्चमा बस्नु पर्ने हुन सक्छ।
सम्भावित ११
लखनऊ सुपरजायन्ट्स : केएल राहुल (कप्तान), क्विन्टन डी कक, इभिन लुइस, मनिष पाण्डे, दीपक हुडा, आयुष बडोनी, क्रुणाल पाण्डे, एन्ड्रयू टाई/मोहसिन खान, दुश्मान्ता चमिरा, रवि बिश्नोई, आवेश खान
चेन्नई सुपर किंग्स : ऋतुराज गडकवाड, डेभोन कोनवे, रोबिन उथप्पा, मोइन अली, अम्बाती रायडु, रवीन्द्र जडेजा (कप्तान), एमएस धोनी, शिवम दुबे, ड्वेन ब्राभो, एडम मिल्ने, तुषार देशपांडे।
दुवै टोलीको रणनीति
चेन्नईले मोइन अलीलाई डी ककविरुद्ध प्रयोग गर्न सक्छ। अलीले पछिल्लो टी–२० विश्वकपमा पावरप्लेमा उत्कृष्ट बलिङ गरेका थिए। विश्वकपको पावरप्लेमा अलीले ११ ओभरमा ५.७ प्रति ओभरको औसतमा ५ विकेट लिएका थिए।
अहिलेसम्म अलीले आठ खेलमा डि ककलाई बलिङ गरेका छन्। जसमा अलीले डि ककलाई चार पटक आफ्नो शिकार बनाएका छन्।
यता, क्रुणालले चेन्नईको मध्यक्रमको लागि समस्या सिर्जना गर्न सक्छ। चेन्नईको मिडल अर्डरलाई कमजोर बनाउन लखनऊका लागि क्रुणाल ट्रम्प कार्ड साबित हुन सक्छन्।
रोबिन उथप्पाले हालसम्मका सबै टी–२० खेलमा क्रुणालको ३३ बलमा ३८ रन बनाएका छन् भने क्रुणालले उथप्पालाई पनि दुई पटक आफ्नो शिकार बनाएका छन्।
त्यहीँ धोनीले क्रुणालको बलमा २४ बलमा १७ रन मात्र बनाएका छन्। तर, क्रुणालले जडेजालाई एकपटक पनि प्याभिलियन पठाउन सकेका छैनन्। क्रुणालको बलमा जडेजाले १५ बलमा १५ रन बनाएका छन् भने रायुडुले २५ बलमा २८ रन बनाएका छन्। यी दुवै ब्याट्सम्यानलाई क्रुणालले दुई पटक शिकार बनाएका छन्।
केएल राहुलले २०१८ यता सबैभन्दा बढी छक्का प्रहार गरेका छन्। कुल ५६ इनिङ्समा राहुलले ११० पटक बल स्ट्यान्डमा पठाएका छन्।
सोही अवधिमा धोनी र पाण्ड्याले १६ देखि २० ओभरको अन्तरालमा भारतीय बलरविरुद्ध सर्वाधिक छक्का प्रहार गरेका छन्। दुवै ब्याट्सम्यानले ५१ छक्का प्रहार गरे।
जडेजाले केएल राहुललाई एकपटक पनि आउट गर्न सकेका छैनन्। जडेजाको बलमा केएल राहुलले ३८ बलमा ३९ रन बनाए।
एडम मिल्नेले आईपीएलमा १० खेलमा ७ विकेट लिएका छन्। यस अवधिमा उनले प्रति ओभर ९.४७ को औसतमा रन खर्चेका छन्। मिल्नेले आईपीएलबाहेक १२७ टी–२० खेलमा ७.५२ प्रति ओभरको औसतमा १४४ विकेट लिएका छन्।