
कञ्चनपुर – जनता समाजवादी पार्टी कञ्चनरुप नगर कार्यसमितिको बुधबार बसेको बैठकले अगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भोलाकुमार पासवानलाई नगरप्रमुखको उम्मेदबारमा सर्वसहमत रुपमा नाम प्रस्ताव गरेको छ ।
जसपाको नगरअध्यक्ष सुदम्बर यादबको अध्यक्षतामा बसेको नगर कार्यसमितिको बैठकले पत्रकार र समाजिक क्षेत्रमा कार्यरत कञ्चनरुप नगरपालिका–८ निवासी पासवानलाई सर्वसहमत रुपमा नाम प्रस्ताव गरेको छ । बैठकमा नगरअध्यक्ष सुदम्बर यादबले पासवानको नाम प्रस्ताव गरेपछि कार्यसमितिले सर्वसहमत रुपमा नगरप्रमुखको उम्मेदबार बनाउने निर्णय गरेको जसपाको सप्तरी जिल्ला समन्वय समितिका कार्यकारीणी सदस्य रामेश्वर यादबले बताए ।
अगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नगर उपप्रमुखमा कञ्चनरुप नगरपालिका–५की कल्पना चौधरी,वडा नम्बर ७की मंजिलाकुमारी सरदार र सोही वडाकी ममता कुमारी महतोले उम्मेदबारी प्रस्ताव गरेकी हुन् । जसपा पार्टीले सबै स्थानीय तहमा चैत्र १५ गतेसम्म वडा तहबाट उम्मेदबारको नमावली प्रस्ताव गर्न निर्देशन दिएको थियो । वडा कार्यसमितिबाट आएको नामलाई नगर कार्यसमितिबाट निर्णय गरेर पठाउने र नगरमा निर्णय हुन नसकेको खण्डमा जिल्ला कार्यसमितिमा पठाउने व्यवस्था छ ।
जसपाले नगरप्रमुख पदमा उम्मेदबार बनाएका पासवान विगत २० बर्षदेखी पत्रकारिता र समाजिक क्षेत्रमा कार्य गर्दै आइरहेका छन् ।