०२ चैत्र २०८१, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, चैत्र १६, २०७८

नयाँदिल्ली – भारतीय पत्रकार एवं अभियन्ता राना अय्यूबलाई भारत सरकारले देश छाड्न प्रतिबन्ध लगाएको छ । बेलायतमा आयोजित पत्रकार सम्बन्धी एक कार्यक्रममा सम्बोधन गर्न प्रस्थान गर्ने क्रममा उनलाई विमानस्थलबाटै फिर्ता ल्याइएको हो ।

राना अय्यूब लण्डनपछि इटाली लगायतका देशमा पुगेर सम्बोधन गर्ने कार्यक्रम तय गरिएको थियो । तर अय्यूबलाई भारत सरकारले विदेश प्रस्थान गर्नबाट रोकेको हो । अय्यूबले मुम्बई अध्यागमनबाटै आफूलाई अधिकारीहरूले उडानबाट रोकेको बताएकी छन् । अय्यूबले विमानस्थल पुगेको एक घण्टापछि आर्थिक अपराध सम्बन्धी अनुसन्धान गर्नका लागि भन्दै अपराध अनुसन्धान निकायबाट इमेल पाएको समेत बताएकी छन् ।

वासिङटन पोस्टकी स्तम्भकार समेत रहेकी ३७ वर्षीया अय्यूबमाथि भारतको संघीय सरकारले अनुसन्धान गरिरहेको छ । ‘मलाई घर फर्कन भनियो’ अय्यूबले भनेकी छन्, ‘मैले अवार्ड पाउने र गार्जियन पत्रिकाको न्यूजरूमलाई पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो । मेरो सम्पूर्ण योजना सार्वजनिक भएका छन् ।’

प्रखर वक्ताको रुपमा पनि चिनिने पत्रकार अय्यूब नरेन्द्र मोदी नेतृत्वको सरकारको कट्टर आलोचक पनि हुन् । मुस्लिम एवं अल्पसंख्यकका मुद्दालाई उठाउने अय्यूबले यसअघि पनि भारतमा पटक पटक हिन्दू कट्टरपन्थीहरूबाट धम्की र विरोधको सामना गर्नु परेको छ । केही महिनाअघि उनीमाथि हिन्दू कट्टरपन्थीहरूबाट धम्की आएको विषयलाई लिएर अन्तर्राष्ट्रिय समुदायले विरोध समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]