२७ फाल्गुण २०८२, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र १५, २०७८

सप्तरी – झापाका मेडिकल व्यवसायी तथा नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले भक्तपुरमा तरकारी बजार सञ्चालनमा ल्याएका छन्।

सूर्यविनायक नगरपालिका-८ को ५० रोपनी जग्गामा प्रसाईंले तरकारी बजार सञ्चालनमा ल्याएका हुन्।

पसलको नाम ‘सूर्यविनायक हरित तथा कृषि थोक बजार’ रहेको छ। मंगलबार पत्रकार सम्मेलन गरी प्रसाईंले दुई अर्ब रुपैयाँभन्दा बढी लगानी गरेर तरकारी बजार सञ्चालनमा ल्याएको बताए।

तरकारी पसलमा ४४ सय जनाले प्रत्यक्ष रोजगारी पाउने प्रसाईंले बताए।

तरकारी पसलको जग्गा प्रसाईं आफैंले खरिद गरेका हुन्।

तरकारीमा बिचौलियाको अन्त्य गरी किसानलाई राहत दिन आफूले तरकारी बजार सञ्चालनमा ल्याएको प्रसाईंले बताए।

तरकारी बजारको औपचारिक उद्घाटनको कार्यक्रम बुधबार राखिएको छ। उक्त बजारको एमाले अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने प्रसाईंले बताए।

तरकारी बजारको निर्माण २०७५ सालबाट सुरू गरिएको थियो। कोरोना महामारीका कारण काममा बाधा परेकाले सञ्चालनमा ल्याउन केही ढिलो भएको उनले बताए।

‘कृषि कार्यका लागि हामीले कतै पनि अनुदान लिएका छैनौं, आफ्नै लगानीमा मात्रै आधारित भएर तरकारी बजार सञ्चालनमा ल्याइएको हो,’ प्रसाईंले भने, ‘यहाँ देशभरिबाट तरकारी आउँछ, कृषकको हितलाई ध्यानमा राखेर बजार स्थापना गरेको हुँ।’

छ महिनाअघि माओवादी छोडेर नेकपा एमालेमा आएका उनलाई ओलीले केन्द्रीय समितिमा मनोनित गरेका थिए। उनी एमालेको उद्योग विभागका उपप्रमुख छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]