२३ आश्विन २०८१, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र १५, २०७८

सप्तरी – लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट सोमवार राजीनामा दिएका इन्जिनीयर अनन्तराम घिमिरेले असुरक्षित भएको महसूस गरेका छन् ।

घिमिरेले लुम्बिनी प्रादेशिक अस्पतालको ७ अर्बको ठेक्का सोमवार रद्द गरेसँगै पदबाट राजीनामा दिएका थिए ।

अस्पतालको ठेक्का प्रक्रियामा मिलेमतोको पुष्टि गर्दै पदबाट राजीनामा दिएका घिमिरेले आफूलाई ज्यान मार्नेसम्मको धम्की आएको संकेत गरेका छन् ।

मंगलवार लोकान्तरसँगको कुराकानीमा उनले भने, ‘म दाङमा छु । धेरै धम्कीपूर्ण टेलिफोन आएका छन् । जसले गर्दा म सुरक्षित छैन कि जस्तो महसूस गरेको छु ।’घिमिरेले आफूलाई कसले धम्की दियो भन्नेबारे खुलाउन चाहेनन् ।

‘अस्पतालको टेन्डरको विषयमा म केही दिनपछि विस्तृत रूपमा तपाईंहरूलाई बुझाउने छु । म अहिले कानूनी सल्लाह लिँदैछु । त्यहीँ बेला सबै कुरा भन्ने छु,’ उनले भने, ‘सरकारको दबाबअनुसार काम नगरेकाले दबाब दिइएको थियो । काम गर्न नमानेपछि कारवाही गर्छु भनेकै हो । मैले त्यही दबाब नझेल्ने भनेर राजीनामा दिएको हुँ ।’

उनले अस्पताल भवन निर्माण प्रक्रियामा अनियमितता र मिलोमतोको रहस्य संकेत गर्दै राजीनामा दिएका थिए ।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला सञ्चार मन्त्री तिलकराम शर्माले भने सरकारले कारबाही गर्न थालेको थाहा पाएपछि प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराम घिमिरेले राजीनामाको नाटक रचेको दाबी गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]