२४ आश्विन २०८१, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र १५, २०७८

एजेन्सी – सांघाईले कोभिड १९ नियन्त्रण गर्न चरणबद्ध लकडाउन सुरु गरेको छ भने स्वास्थ्यकर्मीहरूले सामूहिक परीक्षण गर्न थालेका छन् । क्रस रिभर पुल र सुरुङ बन्द गर्ने अधिकारीहरुले बताएपछि मानिसहरू अत्यावश्यक वस्तुहरू किन्न हतारिएका देखिन्थे । सांघाइ सहर एउटा प्रमुख विश्वव्यापी भएकाले लकडाउनले धेरै महत्वपूर्ण सेवालाई असर गर्ने देखिएको छ ।

आफ्नो कारखाना लकडाउन क्षेत्रमा रहेकाले आफ्ना उत्पादन बन्द गर्ने अमेरिकी कार निर्मार्ता टेस्लाले जनाएको छ । चरणबद्ध तालाबन्दीका कारण चीनको आर्थिक हबका लाखौं मानिसहरू आफ्नो घरभित्रै सीमित हुँदा विश्व तेलको मूल्यमा तीब्र वृद्धि भएको छ ।

उर्जा मागको त्रासबीच अमेरिकी बेन्चमार्क तेल सम्झौता वेस्ट टेक्सास इन्टरमिडियट (डब्लूटीआई) मा पाँच प्रतिशतले गिरावट आएको छ । सहरको पूर्वी आधा भागमा लकडाउन गरिएको छ । तर, बन्दरगाह र सहरका दुई विमानस्थलहरु भने खुला छन् ।

कोभिडको नयाँ संक्रमण ओमिक्रोन भेरियन्टका कारण चीनमा पछिल्ला समयमा संक्रमण दर बढेको छ । सन् २०१९ को अन्त्यमा वुहानमा पहिलो पटक यो भाइरस देखा परेदेखि गत महिना चीनमा सबैभन्दा धेरै संक्रमणका घटना देखिएका छन् । आइतबार चीनमा एकै दिन ४५ सय नयाँ संक्रमित भेटिएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]