
काठमाडौं – त्रिदेशीय टी-२० श्रृङ्खला अन्तर्गत अहिले भइरहेको पहिलो खेलमा पपुवा न्यूगिनीले दुवै ओपनर गुमाएको छ ।
टोनी उरा ५ र लेगा सिएका २१ रन बनाएर आउट भए । उरालाई करण केसीले दोस्रो ओभरमा लोकेश बमबाट क्याचआउट गराएका थिए ।

यस्तै सिएकालाई सोमपाल कामीले तेस्रो ओभरमा आरिफ शेखबाट क्याचआउट गराए । नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै ९ विकेट गुमाएर १८३ रन बनाएको थियो ।