२१ बैशाख २०८३, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, चैत्र १४, २०७८

सप्तरी – मधेश आन्दोलनको रापताप पछि भएको पहिलो संविधान सभाको चुनावमा दुई तिहाई भन्दा बढी मधेशी, जनजाती तथा उत्तपीडित समुदायहरूको प्रतिनिधित्व भएको अवस्थामा संविधान निर्माण गर्न बाट लगाउन डा. बाबुराम भट्टराई ज्यूले संविधान सभा विघटन गरेको कुरा स्मरणीय छ ।

विभिन्न टिकरमवाजी गरेर देशभरमा एउटा सिट जित्ने नयाँ शक्ती पार्टीका अध्यक्ष बाबुराम भट्टराईज्यूले मधेशी जनजाती एवम् उत्तपीडनमा परेका समुदायहरूको एकता देख्दा देशमा फेरी खस बाहुनवादको उन्माद समाप्त हुने डरले पार्टी एकीकरण गरेर देशको बैकल्पिक शक्ति बनाउने नाममा सोझा मधेशी जनजातीलाई फेरी धोखा दिने भएको छ ।

देशमा जनता समाजवादी पार्टी (जसपा), नेपाल बैकल्पिक शक्तिको रुपमा उकालो चढ्दै गर्दा किन फेरी पनि पार्टी फोड्न कम्मर कसेको हो ? प्रश्न उठ्नु स्वभाविक हो र उठ्नु पनि पर्दछ । बाबुराम भट्टराई ज्यू देशको प्रधानमन्त्री भइसकेको व्यक्तित्व हो, वहाँले लिएको अठोट यति सजिलै तोड्नु भनेको वहाँमाथि पार्टी फोर्ने कम्पनीको ट्याग लाग्न सक्छ ।

हिजो जसपाको लागि मर्ने अनि आज जसपा फोर्ने, यहि हो राजनीतिक भने हाम्रै पार्टीका वरिष्ठ नेता अशोक राई ज्यूसँग संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईज्यूले सिक्नु पर्ने हुन्छ । त्यसो भने उत्पीडित समुदाय र पार्टीको लागि आफ्नो सम्पूर्ण जीवन समर्पित गर्ने वरिष्ठ नेता अशोक राईज्यूले के पायो? त्यसैले भन्छन् पढेर मात्र होइन परेर पो बुझिन्छ । उत्पीडित समुदायहरूको पीडा बाबुरामज्यूले अझ पनि बुझ्न नसक्नु भनेको वहाँलाई केही परेको छैन । नत्र भने पार्टीमा उहाँलाई नपुगेको के हो र ?

एउटा–दुई वटा कुरा नपुगेकै हो:

१) हिसिला यमीज्यू लाई ६ महिनाका लागि भएपनि मन्त्री बनाउन पार्टी भित्र दबाव, त्यो भएन ।
२) नवराज सुवेदी ज्यूलाई राष्ट्रिय सभाको उम्मेदवार बनाउन पार्टी भित्र दबाव, यो भएन । बाँकी पार्टी भित्र बाबुराम भट्टराई पार्टीको सर्वोच्च निकायको अध्यक्ष, पत्नी पार्टीको पूर्व उपाध्यक्ष वर्तमान कार्यकारीणी समिति सदस्य, छोरी केन्द्रीय सदस्य, ज्वाँई लगायत स्वकीय केन्द्रीय सदस्य वहाँको नजिकका नातेदारहरू पार्टीका केन्द्रीय सदस्य । उहाँलाई पार्टी भित्र नपुगेको के हो र ?

उहाँलाई अपच भएको राष्ट्रिय सभा सदस्य मो. खालिद र हेमराज राई हो । त्यसैले पार्टी फोड्न कम्मर कसेका बाबुराम भट्टराईज्यू मधेशी जनजातीलाई भिडाउन एमसीसीको सहारा लिनु भएको छ । एमसीसीको बहानामा आन्तरिक तथा बाहिरी शक्ति केन्द्रीत गरी पार्टी फुटाउन लागेको हो । उहाँको गतिविधिहरु हेर्दा फेरी एकात्मक शासकको वाहुनवादी चरित्र देखा परेको छ । पार्टी बैठक बोलाउन दबाव श्रृजना गर्ने बाबुराम भट्टराईज्यु त पार्टी कब्जा गर्ने रणनीतिमा पो व्यस्त हुनु भएको हो भन्ने कुरा यथार्थता सहित बाहिरीएको हो ।

त्यसो नभएको भए पार्टीको बैठक १३ फाल्गुनमा एजेन्डासहित राखिएको हो र त्यस बैठकले एमसीसीको बिषयमा पार्टीको आधिकारिक धारणा आउने अवस्थामा जिम्मेवार बाबुराम भट्टराई ज्यू नयाँ शक्तिको बैठक किन्न छुट्टै राख्नु पर्ने हो ? एमसीसीलाई हथियारको रुपमा प्रयोग गरि पार्टी फुटाएर अधिकारवादी आन्दोलनलाई फेरी समाप्त पार्ने भएकोले सम्पूर्ण उत्पीडनमा परेका जनता सचेत रहनु आवश्यक छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]