२१ बैशाख २०८३, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, चैत्र १४, २०७८

राजविराज – आउँदो वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि सप्तरीमा ४ लाख १२ हजारभन्दा बढी मतदाता कायम भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार सप्तरीमा ४ लाख १२ हजार ४ सय ४५ जना मतदाता कायम भएका छन् ।

जसमा दुई लाख १३ हजार ८ सय ९२ जना पुरुष, एक लाख ९८ हजार ५ सय ३२ जना महिला र २१ जना तेस्रो लिङ्गी रहेको कार्यालयले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । सूचनाअनुसार जिल्लाको अग्नीसाइर कृष्णासवरन गाउँपालिकामा १८ हजार ९ सय ३७ जना, कन्चनरुप नगरपालिकामा ३५ हजार ३ सय ९ जना, खडक नगरपालिकामा ३१ हजार ३६ जना, छिन्नमस्ता गाउँपालिकामा १७ हजार ७ सय ५७ जना, डाक्नेश्वरी नगरपालिकामा २८ हजार ४ सय ३५ जना रहेका छन् ।

त्यस्तै, तिरहुत गाउँपालिकामा १४ हजार ६ सय ५४ जना, तिलाठी कोइलाडीमा गाउँपालिकामा १९ हजार ६ सय ४१ जना, राजगढ गाउँपालिकामा १८ हजार ५ सय ६० जना मतदाता रहेको जनाएको छ ।

त्यस्तै बोदे बरसाईन नगरपालिकामा २७ हजार ६ सय ५५ जना, महदेवा गाउँपालिकामा १६ हजार ८ सय ५० जना, राजविराज नगरपालिकामा ३९ हजार ६ सय ९२ जना, रुपनी गाउँपालिकामा १८ हजार १ सय ६५ जना, बलान बिहुल गाउँपालिकामा १४ हजार ४ सय १८ जना, विष्णुपुर गाउँपालिकामा १५ हजार ६७ जना, शम्भुनाथ नगरपालिकामा २३ हजार ८ सय ६३ जना, सप्तकोशी नगरपालिकामा १५ हजार ४ सय ६१ जना, सुरुंगा नगरपालिकामा २९ हजार ५१० जना र हनुमाननगर कंकालिनी नगरपालिकामा २७ हजार ४ सय ३५ जना रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]