११ फाल्गुण २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, मंसिर २१, २०७७

सप्तरी – गौतम बुद्ध कप क्रिकेट हुने भएको छ । चैतमा कोभिड–१९ को प्रकोप बढेयताको यो पहिलो घरेलु राष्ट्रिय क्रिकेट प्रतियोगिता हुनेछ । धुर्मुस–सुन्तली फाउन्डेसनद्वारा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा मंसिर २७ देखि ३० गतेसम्म प्रतियोगिता हुनेछ ।

वाग्मती प्रदेश क्रिकेट संघले चितवन जिल्ला क्रिकेट संघसँग मिलेर आयोजना गर्न लागेको प्रतियोगिताको स्वरुप कस्तो हुने खुलाइएको छैन । तीन टिम बनाएर प्रतियोगिता आयोजना हुनेछ र त्यसमा हाल नेपाली राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेका खेलाडी सहभागी हुनेछन् । प्रतियोगितामा चार खेल हुनेछ । वाग्मती प्रदेश र भरतपुर महानगरपालिकाको सहयोगमा हुने प्रतियोगितालाई क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले व्यवस्थापन गर्नेछ ।

कोभिड–१९ का कारण सबै सावधानी अपनाएर प्रतियोगिता गरिने वाग्मती प्रदेश क्रिकेट संघका अध्यक्ष राजु बस्न्यातले प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]