११ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, चैत्र १४, २०७८

सप्तरी – सरकारले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउने र अंगभंग हुने श्रमिक वा उनीहरूका हकवालाले अनलाइनबाटै क्षतिपूर्ति पाउने भएका छन् । आज श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले अनलाइनबाटै क्षतिपूर्ति दिने प्रणाली सुरुवात गरेका हुन् ।

वैदेशीक रोजगार बोर्डले तयार पारेको अनलाइन प्रणालीबाट पीडितले घरमै बसेर अनलाइनमार्फत क्षतिपूर्ति पाउने भएका हुन् । बोर्डले तयार पारेको यो प्रणालीमार्फत विदेशमा आफन्त गुमाएका वा वैदेशिक रोजगारीका क्रममा घाइते भएका पीडितले घरमै बसेर क्षतिपूर्ति आवेदन गर्न पाउनेछन् ।

उनीहरूले बोर्डले तयार पारेको प्रणालीमा राहदानी विभागले उपलब्ध गराउने राहदानी कोड (पासपोर्ट नम्बर) हालेपछि प्रणालीले आवश्यक सम्पूर्ण कागजात आफै उपलब्ध गराउने छ । कुन देश गएको, कुस्तो प्रकृतिको रोजगारीमा गएको, कहिले गएको, कुन कम्पनीमा गएको जानकारी दिन्छ । यसपछि, अन्य आवश्यक प्रकृया पनि सोही प्रणालीले मिलाउने बोर्डले बताएको छ ।

यसअघि, पीडित पक्ष देशको जुनसुकै कुनाबाट काठमाडौंमा रहेको बोर्डको कार्यालयमै उपस्थित हुनुपर्थ्यो । त्यसका लागि वडाको सिफारिस आवश्यक पर्थ्यो । अब यस्तो प्रकारको कुनै पनि झन्झट आवश्यक नपर्ने बताइएको छ । सम्पूर्ण प्रक्रिया अनलाइनबाटै पुरा हुने र पीडितले पाउने क्षतिपूर्ति बैंकमार्फत हकवाला वा पीडितको खातामा पठाइने छ । र, बैंकवालालाई खातामा रकम आएको जानकारी समेत एसएमसमार्फत दिइने बोर्डको भनाइ छ ।

बोर्डले करिब ७ महिनाको परीक्षणपछि आजबाट औपचारिकरुपमा यो प्रणाली सञ्चालनमा ल्याएको हो । अनलाईन प्रणाली उद्घाटन गर्दै मन्त्री श्रेष्ठले यो प्रणालीले वैदेशिक रोजगारीमा गएका ज्यान गुमाउने र घाइते तथा अपांग भएकाहरूले पाउनुपर्ने क्षतिपूर्ति सहज ढंगले उपलब्ध हुने बताए । यसबाट, पीडित अनावश्यक र झन्झटिलो प्रकृयाबाट मुक्त हुने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]