२२ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

आइतबार, चैत्र १३, २०७८

सप्तरी – लक्ष्मण सुवेदीको निर्देशन रहने फिल्म ‘ठगराज’ निर्माण सुरु भएको छ । आइतबार काठमाडाैंको एवान स्टुडियोमा फिल्मको गीत ‘माया बसेको रैछ’ रेकर्डिङ गर्दै निर्माण युनिटले फिल्मको काम अगाडि बढाएको हो ।

निर्देशक सुवेदीकै शब्द रहेको गीतमा दीपक शर्माले संगीत दिएका छन्, भने प्रताप दास र दीपा लामाले स्वर दिएकी छन् । गीतको एरेन्ज शिवराम रसाइलीले गरेका हुन् ।

रंग पत्रकारबाट फिल्म निर्देशनमा फड्को मारेका सुवेदीको ‘ठगराज’ गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियासँगको सहकार्यमा दिलासा क्रियसनले प्रस्तुत गर्न लागेका हुन् ।
सामाजिक कथामा कमेडी, प्रेम र सेन्टिमेन्ट बिषय समेत मिसाइएको फिल्म जेठबाट छायांकनका लागि फ्लोरमा निस्कने तयारीमा छ । फिल्म ‘एउटा साथी’ बाट निर्देशनमा डेब्यु गरेका सुवेदीले त्यसपछि ‘लाल जोडी’ बनाएका थिए । फिल्मको कलाकार र प्राविधिक पक्ष छिट्टै सार्वजनिक गर्ने निर्देशक सुवेदीले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]