इटहरी – बाह्रौ संस्करणको अन्तराष्टिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत १९ गतेदेखि हुने भएको छ । आयोजक राष्टिय जागृती क्लबले आज पत्रकार सम्मेलन गरी चैत्र १९ देखी २६ गतेसम्म प्रतियोगिता गर्न लागिएको जानकारी दिइएको हो ।
कोरोना भाइरस संक्रमणको कारण बिगत दुई बर्ष प्रतियोगिता हुन सकेको थिएन । इटहरी रंगशालामा हुने प्रतियोगितामा दुई बिदेशी सहित ८ टिमले सहभागी जनाउने गोल्डकप संयोजक अनुरोध थापाले जानकारी दिए ।
जसमध्ये मनाङ मस्र्याङ्दी क्लब काठमाडौं, नेपाल आर्मी क्लब काठमाडौं, झापा ११, मोरङ ११, आयोजक राष्टिय जागृती क्लब, न्यूरोड टिम काठमाडौं, एभिनियर फुटबल क्लब क्यामरुन, कन्चनजंगा फुटबल क्लब भारत रहेका छन् ।
कुल ५४ लाख लागत लाग्ने अनुमान गरिएको प्रतियोगिताको बिजेताले सात लाख पाउनेछन् भने उपबिजेताले तीन लाख पचास हजार पाउनेछ । यस्तै उत्कृष्ट खेलाडीले यमाहाको स्कुटर र उदयीमान खेलाडीले ४० इञ्चको एलइडी टिभी पाउने आयोजकले जनाएको छ ।