११ माघ २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, चैत्र १३, २०७८

काठमाडौं – नेपालका पूर्वनम्बर एक खेलाडी टेबलटेनिस खेलाडी दीप साउनले अमेरिकामा प्रशिक्षण दिने भएका छन् ।

दीपले क्यालिफोर्नियास्थित टेबलटेनिस अमेरिका क्लबमा प्रशिक्षण दिने भएका हुन् ।

“मलाई त्यहाँबाट प्रशिक्षणका लागि प्रस्ताव आएको थियो । त्यसलाई मैले स्वीकार गरेको छु । अब २०/२२ दिनमा अमेरिका जाँदैछु,” दीपले भने, “राम्रै रकम प्रस्ताव आएको छ । तलबसँगै स्वास्थ्यलगाायत बेनिफिट हुनेछन । जुन हाम्रा लागि राम्रो हो ।”

यसअघि, डाइभर्सिटी भिसामा अमेरिका गएका दीपले सन् २०१८ देखि २०२१ सम्म मन क्लबमा प्रशिक्षण गराएका थिए । उनी नौ महिनाअघि मात्र नेपाल फर्किएका हुन् । तर, उनलाई पुनः अमेरिकाबाट प्रस्ताव आएको छ ।

उनका लागि वार्षिक तलब झन्डै ८० हजार अमेरिकी डलरको प्रस्ताव गरिएको छ । “अमेरिका क्लब अमेरिकाको राम्रो टेबलटेनिस क्लबमध्येको एक हो । त्यहाँ ओलम्पिक खेल्ने प्रशिक्षकहरू पनि हुनुहुन्छ,” दीपले भने ।

दीपको टेबलटेनिस अमेरिका क्लबसँगको आबद्धतासँगै नेपालका अन्य खेलाडीका लागि पनि बाटो खुलेको छ । तथापि, भिसा समस्याले त्यो बाटो सहज नभएको दीप बताउँछन् ।

“अमेरिकामा टेबलटेनिस प्रशिक्षक निकै कम छन् । तर, पनि बाहिरबाट ल्याउने प्रचलन कम छ । यदि, उनीहरूले बाहिरबाट ल्याउने प्रशिक्षकहरूमा चीनका खेलाडी प्राथमिकतामा पर्छन् । अहिले पनि त्यहाँ १० प्रशिक्षकमध्ये आठ जना चीनकै हुन्छन्,” दीपले भने, “त्यहाँ म भएपछि नेपालीसँग लिंक भइहाल्छ । हाम्रा लागि भिसाको समस्या हुनसक्छ । तर, पनि एप्रोच गर्न त सहज हुने भइहाल्यो ।”

टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यले संघसँग कुनै सम्बन्ध नभएको बताए ।

यो आईटीएफ वा संघबाट आएको कुरा होइन । त्यसले टेबलटेनिस संघलाई कुनै जानकारी नभएको वैद्यले बताए । “उनलाई व्यक्तिगत रूपमा आएको हो । उनी पहिले पनि अमेरिकामा बसेका थिए । दीप अनुशासित र राम्रा खेलाडी हुन् । उनको सफलतामा हामी खुसी छौँ,” उनले भने ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]