२१ आश्विन २०८१, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, चैत्र १३, २०७८

सप्तरी – राप्ती गाउँपालिकामा कृषकहरुलाई रासायनिक मलको उचित प्रयोगका बारेमा प्रशिक्षण सुरु गरिएको छ ।

कृषि सहकारीको आब्हानमा गाउँपालिकाको कृषि शाखाले यस क्षेत्रको माटोको अवस्था र रासायनिक मलको प्रयोग विधिका बारेमा प्रशिक्षण सुरु गरेको हो ।

आईतवार गाउँपालिका उपाध्यक्ष एव रासायनिक मल वितरण अनुगमन समिति संयोजक जगदम्वा कुमारी चौधरीको अध्यक्षता, गाउँपालिका अध्यक्ष नुमानन्द सुबेदिको अध्यक्षतामा भएको कार्यक्रममा कृषि सामाग्री कम्पनी लिमिटेडका घनस्याम कहारले कृषकलाई मलको प्रयोगका बारेमा जानकारी गरेका छन् ।

कृषिबालीमा आवश्यक मलका प्रमुख तत्व नाइट्रोजन, फोस्फोरस र पोटासियम हुन् तीमध्ये पनि नाइट्रोजन अति महत्वपूर्ण तत्व हो र युरिया यसको प्रमुख स्रोत र रासायनिक मल भनेको युरिया वा नाइट्रोजन साथै १४ प्रकारका तत्वलाई भन्न सकिने लगायतका विषयमा जानकारी गरिने कृषि प्राविधिक बरसाति गडरीयाले जानकारी दिएका छन् ।

आधुनिक व्यावसायिक कृषिलाई विचार गर्दा रासायनिक मलको गतिलो विकल्प देखिँदैन तर दालजन्य बालीको खेती, कृषिजन्य फोहोर माटामा मिसाउने, सिँचाइ प्रविधिमा सुधार र उचित मात्राको मल प्रयोगबाट मात्रै पनि सरदर ६० प्रतिशत मल बचत गर्न सकिने लगायतको कृषकहरुलाई जानकारी गरिएको कृषि प्राविधिक सिमा भट्टले जानकारी दिएका छन्

कार्यक्रममा रासायनिक मलमा बाली बिरुवाका लागि अधिक मात्रामा चाह्निे नाइट्रोजन, फोस्फोरस, पोटास जस्ता खाद्य तत्वहरु मिश्रण गरिएकाले उत्पादन बढ्न थालेको र २० औँ शताब्दीदेखि बालीनालीमा लाग्ने कीट पतङ्गहरुलाई नियन्त्रण गर्न विषादीको पनि प्रयोग थालिएकोले रासायनिक मलबाट उत्पादन बढ्ने, विषादीको प्रयोगबाट रोग र किरा नियन्त्रण हुने भएपछि थोरै जमिनमा धेरै उत्पादन हुनु स्वाभाविक रहेको साथै थोरै मिहेनतबाट धेरै उब्जनी दिन सकेकाले रासायनिक खेती चाँडै लोकप्रिय हुन थालेको बताउदै रासायनिक मलको प्रयोग र मिश्रण अनुसन्धानमा आधारीत हुन आवस्यक रहेको कृषि प्राविधिक निर्मला गिरीले जानकारी दिएका छन् ।

कार्यक्रममा स्थानिय कृषि सहकारीका पदाधिकारी तथा सेवा ग्राहिको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]