२४ आश्विन २०८१, बिहिबार
wait Please...

KChhaKhabar

आइतबार, चैत्र १३, २०७८

राजविराज – डा.सिके राउत नेतृत्वको जनमत पार्टीले जारी राखेको माटीयात्रा तथा भेटघाट कार्यलाई सप्तरीमा उनकै नेता–कार्यकर्ताले असन्तुष्टि जनाएका छन् । पार्टीको जिल्ला कार्य समिति सप्तरीले नै तय गरेको सूचीअनुसार डा.राउतले कार्यक्रमहरुमा उपस्थिती जनाउन नसकेको भन्दै नेता–कार्यकर्ताहरुले असन्तुष्टि जनाएका हुन् ।

जिल्लाको विष्णुपुर गाउँपालिकाबाट गत आइतवारदेखि माटीयात्रा थालिएको थियो । सोहीअनुसार नै पार्टी अध्यक्ष डा.राउतले विभिन्न वडाका स्थानीय नेताहरुसगँ भेटघाट गर्ने कार्यक्रम थियो । तर, निर्धारित कार्यक्रममा समेत डा.राउतले उपस्थिती नजनाउँदा आफुहरुलाई समस्या हुने गरेको स्थानीय नेताहरु बताउँछन् ।

‘पार्टीले राइट–टु–रिकलको अवधारणा ल्याउन पटक पटक मञ्चमा भाषण दिन्छन् तर आफैले निर्धारण गरेको समय र विभिन्न कार्यहरु पूरा गर्नेतर्फ उन्नमुख देखिदैन्’ एक नेताले भने–‘कार्यक्रमस्थलमा पुग्ने समय १२ बजे निर्धारण गरेको ठाउँमा ३ बजे पुग्नुहुन्छ, ३ बजे नै पुग्नुपर्ने हो भने समयको तालिका पनि सोही अनुसार नै तय गर्नुपर्ने हो । यसरी जनतालाई सरासर ठग्ने काम भएको छ, जनताले पनि निर्वाचनमा नठग्ने भन्नसकिन ।’

कतिपय स्थानीय तहमा पार्टीको केन्द्रिय नेताको पहुँचमा भएको टोल–टोलमा उपस्थिती जनाउँदै आए पनि केन्द्रीय नेताको पहुँचमा नभएको ठाउँलाई वेवास्ता गर्दै आएको उनले बताए ।

पार्टीका अनुसार जिल्लाको राजगढ, तिरहुत, अग्नीसाईर कृष्णासवरण, छिन्नमस्ता, तिलाठी कोइलाडी गाउँपालिका र हनुमाननगर कंकालिनी, सप्तकोशी र कन्चनरुप नगरपालिकाबाट माटो संकलन भइसकको र अन्यमा संकलन कार्य जारी रहेको छ ।

पार्टीका जिल्ला सचिव थानेश्वर प्रसाद साहले समय अभावका कारण केही टोल वा वडामा पुग्न समस्या भएको बताए । ‘माटीयात्रा तहत अध्यक्ष ज्यू ६ दिन सप्तरीमा बस्नुहुन्छ, आजसम्म ५ दिनभइसक्यो, यद्यपी सबै अधिकांश नेता–कार्यकर्तासँग भेटघाट गर्दै माटीयात्रा पूरा गर्ने लक्ष्य रहेको छ’ उनले भने–‘समय अभावले नै केही ठाउँमा चाहेर पनि पुग्न सकिएको छैन ।’

उनले त्यसकालागि निरास नभई उत्साहित रुपमा पार्टी लिएको नीतिअनुसारको कार्यमा लाग्न स्थानीय नेता–कार्यकर्तालई आग्रह गरे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]