२२ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

आइतबार, चैत्र १३, २०७८

सप्तरी – सप्तरीमा म्यादी प्रहरीको भर्नाका लागि तीनभन्दा बढी आवेदन परेको छ । आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो ।

जिल्लामा छ दिन (चैत ६ गतेदेखि ११) सम्म आवेदन खुलाइएको थियो । जसमा १ हजार ४ सय १७ महिला र ८ हजार ७ पुरुष गरी कुल ९ हजार ४ सय २४ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवप्रसाद काफ्लेले जानकारी दिए ।

उनका अनुसार जिल्लामा कुल ३ हजार १ सय ३९ जना ४० दिनको माग गरिएको छ ।

मधेश प्रदेशमा ६८ हजारबढीले दिए आवेदन

मधेस प्रदेशभरमा २१ हजार ६ सय ९८ जना माग गरिएकोमा ६८ हजार १९ जनाले आवेदन परेको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी नायव उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार बारामा ११ हजार २ सय ६७ जनाले आवेदन दिएका छन् । बारामा २ हजार ५ सय २८ जना म्यादी प्रहरी माग गरिएको छ ।

त्यस्तै, सर्लाहीमा ३ हजार ८८ जना म्यादी प्रहरी माग गरिएकोमा १० हजार ८ सय ५१ जना, धनुषामा ३ हजार ४८६ म्यादी प्रहरी माग गरिएकोमा ९ हजार २१, महोत्तरीमा २ हजार ७३६ माग गरिएकोमा ८ हजार ५४, रौतहटमा २ हजार माग गरिएकोमा ६ हजार ६८४, सिरहामा २ हजार ३३१ माग गरिएकोमा ६ हजार ५०७ र पर्सामा १ हजार ८०१ जना म्यादी प्रहरीको माग गरिएकोमा ६ हजार २०१ जनाले आवेदन दिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]