२० मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, चैत्र १२, २०७८

सिरहा – स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा मधेस प्रदेशका सिरहा सहितका जिल्लामा राजनीतिक दलहरूले निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिएका छन् ।

अधिकांश स्थानीय तहको चुनावी परिणाम आफ्नो पक्षमा पार्ने उद्देश्यका साथ जनता समाजवादी पार्टी लगायत दलका नेता कार्यकर्ता यतिबेला चुनाव केन्द्रित कार्यक्रम लिएर गाउँ–गाउँ पुग्न थालेका हुन् । सरकारले २०७९ वैशाख ३० गते स्थानीय तह निर्वाचनको मिति घोषणा गरेको छ । सरकारको घोषणासँगै निर्धारित मितिमै चुनाव सम्पन्न गर्ने तयारीमा रहेको निर्वाचन आयोगले आगामी वैशाख ११ र १२ गते उम्मेदवारी मनोनयनपत्र दर्तालगायत कार्यतालिका प्रकाशन गरिसकेको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा मुख्य राजनीतिक दलको ध्यान उम्मेदवार छनोटदेखि मतदाता रिझाउनमा केन्द्रित बनेको छ ।

उम्मेदवारको आकाङ्क्षीदेखि विभिन्न राजनीतिक दलका नेताहरू पुग्न थालेपछि सहरदेखि ग्रामीण क्षेत्रमा समेत चुनावी माहोल बन्दै गएको स्थानीयवासी बताउँछन् । अघिल्लो स्थानीय तह चुनावमा देखिएको कमी–कमजोरीलाई सच्याएर चुनावी परिणाम कसरी आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने रणनीतिका साथ चुनाव केन्द्रित कार्यक्रम सञ्चालन गरिरहेको जसपा नेपालका नेता तथा सिरहा जिल्ला निर्वाचन क्षेत्र नं.४ (ख)का प्रदेश संसद सुरेश मंण्डलले बताए ।

त्यस्तै कल्याणपुर ना.पा.मा जसपामाथिको विश्वासले भारी बहुमतले विजय हुने जसपा नेपालका यूवा नेता तथा कल्याणपुर वडा न.५ का वाडा अध्यक्ष दिपेन्द्र वरवरियाले बताए । आगामी स्थानीय तह निर्वाचनमा पार्टीलाई कसरी पहिलो बनाउने विषयमा नेता कार्यकर्ताबीच नियमित छलफल भइरहेको उनको भनाइ छ ।

पार्टी विभाजनपश्चात मधेस प्रदेशमा खस्किएको आफ्नो साखलाई आगामी स्थानीय तह निर्वाचनमार्फत फर्काउने उद्देश्यका साथ एमालेले पनि मधेस प्रदेशका आठवटै जिल्लाका स्थानीय तहमा चुनावलक्षित कार्यक्रमलाई अगाडि बढाएको छ । एमाले नेता तथा मधेस प्रदेश सहइञ्चार्ज लीलानाथ श्रेष्ठले स्थानीय तहका टोल समिति गठनसँगै वडा वडामा टोल भेला तथा प्रशिक्षण दिने कार्यक्रम भइरहेको जानकारी दिए ।स्थानीय तहका प्रत्येक वडामा पाँचदेखि १५ वटासम्म टोल कमिटी गठन गरिएको र भातृ संस्थाको भेला, प्रशिक्षण र कमिटी गठनको कार्य जारी रहेको उनले जानकारी दिए ।त्यस्तै माओवादी केन्द्रले पार्टीको नगर तथा गाउँपालिकामा जनवर्गीय सङ्गठन गठनलाई तीव्रता दिनुका साथै नेता कार्यकर्तालाई गाउँगाउँमा खटाएको छ । विभिन्न जिल्लामा पार्टीभित्र देखिएको विवादलाई हल गर्दै पार्टीलाई जिताउने गरी तयारीमा जुट्न गाउँ–गाउँमा नेता, कार्यकर्तालाई परिचालन गरिएको नेकपा (माओवादी केन्द्र)का मधेस प्रदेश अध्यक्ष प्रह्लाद बुढाथोकीले बताए ।त्यसैगरी अघिल्लो स्थानीय तहको निर्वाचनमा मधेस प्रदेशमा बलियो पकड बनाएको जनता समाजवादी पार्टीले पनि आनो पुरानो साखलाई कायम राख्दै अझै थप केही स्थानीय तहमा जित निकाल्ने गरी तयारीमा जुटेको छ ।

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी टोल कमिटी गठन गर्ने, प्रशिक्षण अभियान सञ्चालन गर्नेलगायत कार्य अगाडि बढाएको जसपा मधेस प्रदेशका सचिव दिनेशकुमार यादवले जानकारी दिए ।अघिल्लो निर्वाचनमा भन्दा यसपालिको निर्वाचनमा आफ्नो पार्टीले बढी स्थानीय तह जित्ने दाबीसमेत उनको छ ।पार्टी विभाजनबाट बनेको नेकपा (एकीकृत समाजवादी)ले पनि चुनावी गतिविधि अघि बढाएको छ । पार्टीका प्रदेश सचिव सुधीरकुमार साहका अनुसार एकीकृत समाजवादीले पनि अहिले प्रदेशका अधिकांश स्थानीय तहमा सङ्गठन विस्तार र भेला गरिरहेको छ ।मुलुक बिखण्डनको मुद्दा छाडेर मूलधारको राजनीतिमा फर्किएको डा सिके राउत नेतृत्वको जनमत पार्टीले पनि मधेस प्रदेशमा स्थानीय तह निर्वाचनलक्षित कार्यक्रम सुरु गरेको छ । जनमत पार्टीले सप्तरीबाट माटो यात्रामार्फत चुनावी अभियान सुरु गरेको छ । जनमत माटो यात्रामा सहभागी गाडीमा ‘अबकी बार, सीके सरकार’ नारासमेत देखिएको छ ।यसैबीच स्थानीय तहको निर्वाचनलाई लक्षित गरी म्यादी प्रहरी भर्नाको लागि सूचना जारी भएपछि मधेश प्रदेशका जिल्लामा आवेदन भर्ने मधेसी युवाको भीड बढेको छ ।

म्यादी प्रहरी भर्नाका लागि आवेदन दर्ता गराउन जिल्ला प्रहरी कार्यालय धनुषामा दैनिकरूपमा ठूलो भीड लाग्ने गरेका छन् । स्थानीय तह निर्वाचनमा खटिने म्यादी प्रहरीको भर्नामा युवाको बढ्दो आकर्षणले पनि आसन्न स्थानीय तहको निर्वाचनको वातावरण बन्दै गएको बुझ्न सकिन्छ । यसरी राजनीतिक दलहरूले चुनावलक्षित गतिविधिलाई तीव्रता दिएपछि निर्वाचनको माहोल बन्दै गएको स्थानीय बुद्धिजीवीको भनाइ छ । कूल नौ हजार ६६१ वर्ग किलोमिटर क्षेत्रफल रहेको मधेस प्रदेशमा एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकासहित १३६ स्थानीय तहमा एक हजार २७१ वडा छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]