०८ कार्तिक २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बिहिबार, भाद्र ११, २०७७

काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या ३५ हजार नाघेको छ। गत २४ घण्टामा १ हजार १ सय ११ जना भेटिएसँगै संक्रमितको संख्या ३५ हजार ५ सय २९ पुगेको हो।
४७ जिल्लाका ३ सय ३४ महिला र ७ सय ७७ पुरुष सहित १ हजार १ सय ११ जनामा कोरोना भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

प्रदेश १ को खोटाङमा १, मोरङमा २०, संखुवासभामा ४ र सुनसरीमा ३८ जना संक्रमित भेटिएका छन्। प्रदेश २ को धुनषाका ३९, पर्साका ८५, बाराका ३०, महोत्तरीका ७, रौतहटका १५, सप्तरीका २२, सर्लाहीका ६ र सिराहाका ७ जनामा कोरोना पुष्टि भएको छ।
बागमती प्रदेशको काठमाडौंका २ सय ७०, काभ्रेको १३, चितवनको ४५, दोलखाका २, धादिङका १, नुवाकोटका ७, भक्तपुरका ४१, मकवानपुरका ६३, रामेछापका ६, ललितपुुरका ६६, सिन्धुपाल्चोकका ३ र सिन्धुलीका ५ जनामा कोरोना पाइएको छ।

यस्तै, गण्डकी प्रदेशको कास्कीमा २, गोरखामा १, तनहुँमा ११, नवलपरासी पूर्वमा १७, पर्वतमा १, लमजुङमा ३ र बागलुङमा ८ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
कोरोना पुष्टि हुनेमा प्रदेश ५ को कपिलवस्तुका २१, गुल्मीका ३, दाङका २, नवलपरासीका १८, प्युठानका ४, बर्दियाका १, बाँकेका ७५ र रुपन्देहीका ७२ जना छन्।
कर्णाली प्रदेशको जाजरकोटमा ५, दैलेखमा १२ र सुर्खेतमा ९ जनामा कोरोना भेटिएको प्रवक्ता गौतमले बताए।

सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा ६, कैलालीमा २०, डोटीमा ६, बझाङमा १ र बैतडीमा १७ जनामा कोरोना पाइएको छ।
कोरोनाको आशंकामा गत २४ घण्टामा १२ हजार ६ सय २९ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या ६ लाख ४७ हजार ८ सय ८१ पुगेको छ।
कुल संक्रमितमध्ये १५ हजार २ सय ७३ जना सक्रिय संक्रमित छन्। क्वारेन्टाइनमा रहने व्यक्तिको संख्या ९ हजार ४ सय ८८ पुगेको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]