२० मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, चैत्र १२, २०७८

वीरगंज – मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले शुक्रवार वीरगंज महानगरपालिकामा मानव सेवा आश्रम भवनको शिलान्यास गरेका छन् । आश्रम शिलान्यास गर्दै उनले मानव सेवा सबैभन्दा उत्तम सेवा रहेकोले सो कार्यमा लागेकाहरुको प्रशंसा गरेका हुन् ।

‘मानव सेवा सबैभन्दा उत्तम सेवा हो’ उनले भने–‘यस कार्यमा संलग्न सम्पुर्ण टिमलाई सैल्युट गर्न चाहन्छु ।’ भवन निर्माणका लागि प्रदेश सरकारले ३० लाख रकम छुट्याइएको भएता पनि जग्गा आभावका कारण रकम फ्रीज भएको उल्लेख गर्दै उनले अगामी आर्थिक वर्षमा यथोचित बजेट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

भवन निर्माण मात्र नभइ संचालनको गुरु योजनासहितको प्रस्ताव प्रदेश सरकारलाई उपलब्ध गराउन उनले आग्रह समेत गरे । आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीको अध्यक्षतामा आयोजना कार्यक्रममा सांसद प्रदिप यादव, महानगरका प्रमुख विजय सराबगी लगायतको उपस्थिती थियो ।

वीरगंज महानगरपालिका–१५ लक्ष्मणवामा उपलब्ध गराएको १८ कठ्ठा जग्गामा १८ करोडको लागतमा निर्माण हुन लागेको सुविधा सम्पन्न आश्रमको भवन तीन वर्षभित्र पूरा गरिने लक्ष्य राखिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]