०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, चैत्र ११, २०७८

वीरगञ्ज – उत्तर प्रदेशमा योगी आदित्यनाथले दोस्रो कार्यकालका लागि मुख्यमन्त्री पदको शपथ ग्रहण गर्नुभन्दा केही घण्टा अगाडि प्रहरी कारबाहीमा एक व्यक्ति मारिएका छन् ।

उत्तर प्रदेशको राजधानी लखनउको हसनगञ्ज क्षेत्रमा राहुल सिंह भन्ने व्यक्ति प्रहरी इन्काउन्टरमा मारिएका हुन् । उनी अलीगञ्ज ज्वलेर्समा भएको लुटपाटका आरोपी भएको भारतीय मिडियाहरुले जनाएका छन् । लुटपाटको क्रममा एक व्यक्तिको हत्यासमेत भएको थियो । उनीमाथि एक लाख रुपैयाँ इनाम तोकिएको थियो ।

शुक्रबार बिहान करिब चार बजे हसनगञ्ज क्षेत्रमा उनी रहेको थाहा पाएपछि लखनउ प्रहरीले घेरा हालेको थियो । त्यसपछि दुबै तर्फबाट फायरिङ भएको र प्रहरीको गोली लागेर उनको मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

योगी आदित्यनाथले मुख्यमन्त्री पदको लगातार दोस्रो इनिङ सुरु गर्दै गर्दा आजको शपथ ग्रहण समारोहमा सुरक्षा व्यवस्था कडा पारिएको छ । इकाना स्टेडियममा हुने शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह लगायतका विशिष्ट पाहुनाहरु सहभागी हुँदैछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]