०५ माघ २०८१, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, चैत्र ११, २०७८

सप्तरी – फिल्मकर्मीका साथै दर्शकको प्रतीक्षा सूचिमा रहेको मानिएको फिल्म ए मेरो हजुर ४ को बिहीबार राजधानीमा आयोजित एक समारोहबीच ट्रेलर रिलिज गरिएको छ। चार मिनेट लामो ट्रेलरमा प्रेम, विछोड, असमझदारी र त्यागको कथा देखाइएको छ।

ट्रेलरका आधारमा फिल्म उत्कृष्ट बनेको अनुमान गर्न सकिन्छ। अनमोल केसी र सुहाना थापाको प्रमुख भूमिका रहेको फिल्म अभिनेत्री तथा निर्मात्री झरना थापाले निर्देशन गरेकी छन्। आगामी वैशाख १ गते नेपालभर रिलिज हुने फिल्ममा अनमोल र झरनाका साथमा सलोन बस्नेत, रवि गिरी, सरोज खनाल, निर्मल शर्मालगायतका कलाकारले अभिनय गरेका छन्।

सुहाना इन्टरटेनमेन्ट र सुनीलकुमार थापा प्रडक्सनको ब्यानरमा निर्माता सुनीलकुमार थापाद्वारा निर्मित फिल्ममा कथा झरना थापा र स्व. छेतेन गुरुङ, पटकथा र संवाद झरना थापा, स्व. छेतेन गुरुङ, मन्दिप गौतम, बाबुराम दाहाल, प्रतीक पौडेल, उपकार पाण्डे र माधव शर्मा, द्वन्द्व हिमाल केसी, कोरियोग्राफी कविराज गहतराज, छायांकन निर्देशन सञ्जय लामा र सम्पादन मित्र डी गुरुङको रहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]