जनकपुरधाम – जनता समाजवादी पार्टीका धनुषाधाम नगरपालिकाका नगर सचिव रामपुकार यादव वडा नं. ६ बाट चुनाव लड्ने भएको छ । आफ्नो प्रबल सम्भावना रहेको भन्दै चुनाव लड्ने उनले बताए ।
यस नगरपालिकामा पार्टी निर्माण देखि आन्दोलनको समेत अगुवाई गरेका यादव पार्टीभित्र राम्रो छवि र इमान्दार नेताको रुपमा चिनिन्छ ।
नगरभित्रका र वडास्तरीय केही नेताहरुले आफुलाई बदनाम गर्दै हिँडेकोप्रति दुःख पोख्दै उनले भने तपाईंहरु ढुक्क हुनुस् यसपटक फेरी म वडा नं. ६ बाट अध्यक्ष पदमा चुनाव लड्छु । अन्य साथीहरुको पनि व्यवस्थापन गर्छु ।
जनतामा केही साथीहरु भ्रम फैलाउने काममा लागेका छन् । ती नेताहरु आफुलाई मात्रै नेता भनेर दावी गरेपनि त्यसमा कुनै सत्यता नभएको सचिव यादवको दावी छ । यादवको नगर सचिवको यो दोस्रो कार्यकाल हो र अघिल्लो निर्वाचनमा समेत वडा नं. ६ मा वडाअध्यक्षका प्रत्यासी थिए ।
विगत १५ वर्षदेखि पार्टीभित्र संघर्ष गर्दै आइरहेका यादव धनुषाधाम नगरभित्र संगठन निर्माणदेखि हरेक क्रियाकलापमा सक्रिय युवा हुन् ।