सप्तरी – त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भीमफेदी–१ सुन्दरीमाईमा दुर्घटनामा परी मोटरसाइकलचालकको मृत्यु भएको छ । हेटौँडाबाट भैँसेतर्फ जाँदै गरेको ना १ ज ३४७२ नम्बरको सुमोले विपरीत दिशातर्फबाट आउँदै गरेको ना ४९ प २५५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलचालक हेटौँडा– ८ कमाने बस्ने ३१ वर्षीय प्रमोदकुमार रिमालको मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए।
दुर्घटनामा घाइते रिमालको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको हो । सुमोचालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।