१२ चैत्र २०८१, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र १०, २०७८

सप्तरी – श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मध्यपूर्वका तीन वटा मुलुकको भ्रमण फलदायी भएको बताउनुभएको छ । श्रेष्ठले फागुन ३० गतेदेखि अस्तिसम्म गर्नुभएको संयुक्त अरब इमिरेट्स (युएई), सेसेल्स र कतारको भ्रमण सबैको लागि राम्रो भएको प्रतिक्रिया दिनुभएको हो ।

संयुक्त अरब इमिरेट्स (युएई ) मा पर्यटन भिसामा पुगेर अलपत्र परेका नेपालीलाई त्यहिँ रोजगारीको अवसर प्रदान गर्ने,भिसा सकिएर बढी शुल्क बुझाउनुपर्ने बाध्यता भएकालाई छुट दिने तथा उद्धार गर्नुपर्नेहरुलाई नेपाल फिर्ता गर्न युएईका मानव संशाधनमन्त्री अब्दुल रहमान अब्दुलमान अल अवारसँग छलफल भएको बताइएको छ ।

युएई सरकारले मन्त्री श्रेष्ठको आग्रहलाई सकारात्मक रुपमा लिएको र समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको जानकारी दिइएको छ । उहाँले युएई सरकारले नेपालमा सीप विकास तालिम केन्द्र स्थापना र क्षमता वृद्धिमा लगानी गर्ने, श्रमिक अस्पताल निर्माणमा सहयोग गर्ने वचन दिएको मन्त्रीको दाबी छ ।

युएईमा रहेका नेपालीलाई कामका आधारमा विभिन्न १९ क्षेत्रमा वर्गीकरण गरी त्यसमध्ये पाँच वटा क्षेत्रमा श्रमिक भर्ना प्रक्रिया पूर्णतः निःशुल्क गर्ने सहमति भएको जानकारी दिइएको छ ।

सिसेल्स भ्रमण क्रममा श्रम सम्झौतालाई छिट्टै टुंगोमा पुर्याउन संयुक्त कार्यदल गठन गर्ने सहमति भएको छ । सम्झौतापछि त्यहाँको जेल सुरक्षा, प्रहरी सेवाका साथै होटल र पर्यटन क्षेत्रमा नेपाली श्रमिक लैजान बाटो खुल्ने मन्त्रीको भनाइ छ ।

कतार भ्रमणमा त्यहाँका श्रममन्त्रीसँग भेटवार्ता गरी नेपाल र कतारबीच श्रम सम्झौता नवीकरणका लागि सचिवस्तर र कार्यदलस्तरमा छलफल गरेर आगामी जुन महिनाभित्र सहमति गरिने भएको छ ।

मन्त्री श्रेष्ठसँगै मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल र उपसचिव डा. थानेश्वर भुसालले पनि ती देशको भ्रमण गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]